काठमाडाैं – भारतमा गत चौबीस घण्टामा २० हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको हो ।
२० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना संक्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय संक्रमित छन् ।
पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।
प्रतिक्रिया