देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्यूठान नगरपालिकाको मेयरमा अधिकांश वडाबाट देबेन्द्र बर्माको सिफारिस

देशान्तर

प्यूठान । प्यूठान नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उमेदवारको टुंगो लगाउन कार्यकर्तास्तरबाट दवाव आउन थालेको छ । प्यूठानको मुटुमा रहेको तथा सबैभन्दा वढि जनसंख्या भएको प्यूठान नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख तथा उपप्रमुखकको उमेद्वार अझै अन्तिम टुंगोमा पुर्याएको छैन । उक्त नगरपालिका दुइ निर्वाचन क्षेत्रमा पर्ने भएकाले दुवै क्षेत्रीय समितिको संयूक्त वैठक बसेर सिफारिस गर्नुपर्ने भएकाले अझै टुंगिन नसकेको हो । वडा समितिहरुको सिफारिसलाई हेर्ने हो भने सबैभन्दा लोकपृय उमेदवार देबेन्द्र वर्मा देखिएका छन् । उनी नेपाली कांग्रेस प्यूठानका निर्वाचित पनि सचिव हुन् ।
दुवै क्षेत्रीय समितिले प्यूठान नगरपालिका भित्र पर्ने सवै वडालाई सम्भावित नगरप्रमुख र उपप्रमुखको नाम माग गरे बमोजिम वडाले भने सिफारिस गरिसकेका छन् ।

नगरपालिकाको वडा नं. ६ बाट नगर समितिले गर्ने निर्णय मान्य हुने उल्लेख छ भने वाँकि ९ वटै वडाबाट नेपाली कांग्रेस प्यूठानका महाधिवेशन प्रतिनिधि तथा निर्वाचित पार्टि सचिव देबेन्द्र वर्माको नाम उल्लेख गरेका छन् । यस वाहेक ५ वटा वडाबाट देबेन्द्र वर्मा संगै वर्तमान जिल्ला उपसभापति वद्रि लम्साल तथा पूर्व जिल्ला सचिव श्रीधर गौतमको नाम उल्लेख गरिएको छ । यस वाहेक पूर्व सभापतिहरु शालिग्राम पण्डित र सुवास केसी, शिक्षक संघ प्यूठानका पूर्व अध्यक्षहरु तेजप्रसाद मिश्रण तथा कमलप्रसाद पोख्रेलको नाम समेत केहि वडाबाट सिफारिस गरिएको छ । पूर्व सभापतिहरु पण्डित र केसीले आफूहरु स्थानीइ तहको कुनै पनि पदको उमेदवार नभएको सार्वजनिक रुपमा वताएपछि वर्तमान पार्टि सचिव देवेन्द्र बर्मा सबैभन्दा वलिया तथा धेरैले चाहेका उमेदवारका रुपमा देखिएको नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताको वुझाइ छ । स्थानीय सञ्चार माध्यमहरुले पनि यसै गरि चर्चा गरिरहेका छन् ।
विगत दुइ दशक देखि प्यूठानमा रहेर पत्रकारीता तथा सामाजिक क्षेत्रमा कृयाशिल बर्मा स्थानीय स्तरमा लोकपृय युवा नेता हुन् ।

उनको कार्यशैलीमा निस्पक्षता तथा स्पष्ट वक्ताका रुपमा देखिएकाले अन्य राजनैतिक पार्टिमा आस्था राख्नेहरुद्धारा पनि मनपराइएका व्यक्तिका रुपमा बर्मा देखिएका छन् । कुनै पनि हालतमा लोकपृय व्यक्तिलाई मात्र पार्टीले टिकट दिनुपर्ने भन्दै कार्यकर्ताहरुले जिल्ला तथा क्षेत्रमा बर्माका पक्षमा लविंग गरिरहेका छन् । अन्य राजनैतिक दलबाट हालसम्म घोषणा गरिएका उमेदवार भन्दा बर्मा वढि लोकपृय रहेको विश्लेषण नगरक्षेत्रमा गरिएको छ । नेपाली कांग्रेस प्यूठानमा स्थापना गर्ने परिवारका तेश्रो पुस्ताका सदस्यका रुपमा रहेका देबेन्द्र बर्माका पिता जवान गोविन्द वर्मा नेपाली कांग्रेसको आन्दोलनमा अगुवाई गरेका कारण साढे दुइ वर्ष जेल तथा लामो समय भारतमा निर्वासनमा परेका व्यक्ति हुन् । उपप्रमुखमा भगवती विष्ट लगाएत केहि जनाको नाम भएता पनि विष्टको उमेदवारी पक्का पक्कि छ । विष्ट नेपाल महिला संघ प्यूठानकी अध्यक्ष तथा कांग्रेस प्यूठानका निर्वाचित सदस्य हुन् ।