आफ्नो स्टेसन नबनुन्जेल मस्को कम्तीमा सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अपेक्षा गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए ।
नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने बताए ।
मंगलबार मात्र रुसको अन्तरिक्ष एजेन्सी रोजकोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभले मस्कोले ‘२०२४ पछि’ लामो समयदेखिको अन्तरिक्ष स्टेसन साझेदारी अन्त्य गर्ने योजना बनाएको घोषणा गरेका थिए । उनको घोषणाले नासा आश्चर्य चकित भएको थियो ।
प्रतिक्रिया