भारतमा जारी साफ यू २० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० गोल अन्तरले पराजित गरेको नेपालले आज भएको दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३–० गोल अन्तरको जीत दर्ता गर्न सफल भयो ।
भुवनेश्वरमा जारी प्रतियोगिताको खेलमा नेपालले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थियो । दोस्रो हाफमा गोल निकाल्दा नेपालका लागि ५८ औं मिनेटमा आयुष घलानले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि ६५ औं मिनेटमा कृतिस रत्न छुन्जुले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले आयुसको सहयोगमा गोल गरेका थिए ।
श्रीलंकाविरुद्ध हावी भएको नेपालले ८४ औं मिनेटमा तेस्रो गोल गरेका थियो । सुगम सुवालको पासमा जनग्या नकर्मीले गोल गरेपछि नेपाल ३–० गोल अन्तरले विजयी भयो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ ।
यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया