काठमाडौं – द्रौपदी मुर्मुले भारतको १५औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ लिएकी छन् । द्रौपदीलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रमन्नाले शपथ ग्रहण गराएका हुन् । उनी भारतको दोस्रो महिला राष्ट्रपति हुन् भने पहिलो आदिवासी राष्ट्रपति हुन् ।
नयाँदिल्लीस्थित संसदको सेन्ट्रल हलमा शपथ ग्रहण समारोह आयोजना गरिएको थियो । कार्यक्रममा निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो । राष्ट्रपति हुनुअघि द्रौपदी झारखण्डको गभर्नर र ओडिसामा मन्त्री थिइन् ।
उनीविरुद्ध विपक्षी दलले अटल बिहारी बाजपेयी सरकारमा अर्थमन्त्री रहेका यशवन्त सिन्हालाई उम्मेदवार बनाएको थियो ।
प्रतिक्रिया