देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमा क्षेत्रमा पहिलो मर्ज : हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको कारोबार अब एकैठाउँबाट

देशान्तर

काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्ज भएको छ । आइतबार काठमाडौंमा एक समारोहका बीच दुई कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु भएको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।

योसँगै कम्पनीको नाम हिमालयन एभरेस्ट इन्स्योरेन्स भएको छ। कम्पनी अब सुरक्षा र साथ अझ बढी विश्वास भन्ने नाराका साथ अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ।

यो बिमा क्षेत्रमा भएको पहिलो मर्जर हो।

यसअघि हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड र एभरेस्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ। योसँग कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड पुगेको छ।

बिमा समितिले २०८० चैत मसान्तसम्म दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो।