साउदी अरेबियाको भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले सन् २०१८ मा हत्या गरिएको पत्रकार जमाल खशोग्गीको हत्यामा आफ्नो संलग्नता नरहेको प्रष्टिकरण दिएका छन् ।
साउदी युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय समेत उठाएको जानकारी दिए ।
राष्ट्रपति बाइडेन यसअघि बिग्रिएको सम्बन्ध सुधारका लागि साउदी भ्रमणमा रहेका छन । सन् २०१८ मा हत्या गरिएका पत्रकार खशोग्गीको विषयमा आफू संवेदनशील भएको बाइडेनले बताएका थिए ।
भेटका क्रममा अमेरिकाले साउदीसँग अन्य विषयमा पनि सहकार्य गर्न चाहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले दुई देशबीचको सम्बन्ध सुधार गर्नका लागि आफू सकारात्मक रहेको समेत बताएका थिए ।
टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा सन् २०१८ को अक्टोबरमा अमेरिकामा रहेका साउदी पत्रकार खशोग्गीको हत्या भएको थियो ।
सोही हत्यापछि विग्रिएको सम्बन्ध सुधारका लागि बाइडेनले साउदीको भ्रमण गरेसँगै सर्वत्र आलोचना समेत भएको छ ।
गुप्तचर निकायहरूले साउदी राजकुमारले खशोग्गीको हत्याको अनुमोदन गरेको भन्दै आचलोचना भएको छ ।
तर राष्ट्रपति बाइडेनले सोही हत्या प्रकरणमा आफू व्यक्तिगत रुपमा जिम्मेवार नभएको पनि बताएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया