देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरलता अभावमै सनराइजले भित्र्यायो झन्डै साढे २ अर्ब वैदेशिक ऋण

देशान्तर

काठमाडौं – सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिम्बायोटिक्स एस ए, जेनेभा स्विट्जरल्यान्डबाट तीन वर्षका लागि दुई अर्ब ३७ करोड ९अमेरिकी डलर एक करोड ८६ लाख० को वैदेशिक ऋण भित्र्याएको छ । देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीलाई ऋण विस्तारमा प्रयोग गर्नेछ । उक्त ऋण रकमले बैंकको तरलता केही हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

सिम्बायोटिक्स एस एले सन्राइज बैंकको वित्तीय सूचकांक, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकांकलाई समेत मध्यनजर गरी ऋण दिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।