देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउन पहिलो साताबाट ‘सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने

देशान्तर

काठमाडौं – नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ ।

नेपाली खानाको प्रवद्र्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिए । उनले भने, “नेपाली खानाको प्रवद्र्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौँ भनेर यो अभियान चलाइएको हो। हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, आफूले पुलका रुपमा काम गर्न लागेको हुँ ।”

धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्ने छन् । सेफ नेपाल रियालिटी शोमा सेलीब्रेटी जर्जका रुपमा नायिका प्रियंका कार्की रहने छिन् । नेपालमौ नौलो शोका रुपमा निर्माण गर्न लागिएको शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रुचि हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ ।

साउन महिनादेखि सञ्चालनमा आउने उक्त शोका लागि करिब रु चार करोड खर्च हुने जनाइएको छ । उनले साउन पहिलो साताबाट कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने निर्माता पाण्डेले जानकारी दिए

विजेतालाई रु २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ । “नेपाली खानाबारे धेरै अध्ययन र प्रतिस्पर्धा भइरहेको छ तर यसलाई ठीक मनोरञ्जन तवरको प्लार्टर्फ देखिन्न अन्तर्राष्ट्रिय बजारमा बिबिसी मास्टर सेफजस्ता ‘फेन्चाइस’ शो भइरहेका छन् । यो मास्टर सेफकै फर्माट हो मास्टर सेफ ल्याउँदा बढी खर्चिलो हुने भएकाले हामीले नेपालकै मौलिक ब्राण्ड बनाउन खोजेका हौँ”, निर्माता पाण्डेले भने ।

प्रतियोगिताको अहिले ‘प्रि अडिशन राउण्ड’ चलिरहेको छ । अनलाइनबाट प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् । औपचारिक घोषणा भइसकेको शो लागि ‘अनप्रोफेस्नल’ले पनि सहभागिता जनाउन पाउछन् । गृहिणी, खाना पकाउन रुचाउने कला भएका व्यक्ति तथा होटल म्यानेजमेन्ट अध्ययन गरेकाले सहभागिता जनाउन सक्नेछन् । अनलाइन आवेदनमध्ये १०० जना सर्टलिष्ट गरिनेछ । उनीहरुले जर्जका अगाडि लाइभ अडिशनमा आफ्नो कला देखाउनुपर्नेछ ।

तीस जना छनोट भएपछि उनीहरुमध्ये कुकिङ प्रतिस्पर्धाबाट एलमिनेट राउण्डका लागि १५ जना छनोट गरिनेछ । त्यसपछि एलिमिनेट राउण्ड सुरु भएपछि १५ जनाबाट एक÷एक जना एलिमिनेट हुँदै टप तीन छनोट गरी उनीहरुमध्येबाट सेफ नेपाल विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका जर्जमा प्रियंका कार्की, सेफद्वय गणेश ढकाल र लम्मणप्रसाद भण्डारी हुनुहुन्छ । हरेक ‘एपिसोड’मा तीन जना जर्जबाहेक अन्य दुई जना गेष्ट एक सेलिब्रेटी र एक सेफ रहनेछन् । यो कार्यक्रम अवधिभर सेफहरुलाई आफ्नो पाककला देखाउने अवसर पनि पाउने पाण्डेले बताए ।