काठमाडौं – जापानमा ६७ वर्षीय पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । अबेलाई एक राजनीतिक चुनावी कार्यक्रममा सहभागी भएका बेला जापानको समयअनुसार आज बिहान ११स्३० बजे गोली हानिएको थियो ।
गोली लागेपछि उनलाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जापानको पश्चिमी भाग नारामा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनलाई पछाडिबाट गोली प्रहार गरिएको थियो । गोली लागेपछि उनलाई हृदयघात पनि भएको थियो ।
गोली चलाउने ४१ वर्षीय तेत्सुया यामागामी संदीग्धलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको बीबीसीले समाचारमा जनाएको छ । संदीग्ध आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए । गोली लागेपछि शिन्जो आबेलाई हेलिकोप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको छ । एनएचकेका अनुसार शिन्जो आबेको घाँटी र छातीमा गोली लागेको थियो ।
प्रतिक्रिया