देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उतार चढावका बीच नेप्सेमा दोहोरो अंकको वृद्धि

देशान्तर

काठमाडौं – तीब्र उतार चढावका बीच बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार बजार परिसूचक १३.३३ अबंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेको हो ।

बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।

बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सीवाईसी नेपाल लघुवित्त, तेह्रथुप पावर, सिभिल बैंक, रिलायन्स फाइनाइन्सको सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा रहे ।

एनसीसी डिबेन्चर, सिटिजन्स म्युचल फन्ड, स्वभिमान लघुवित्त लगायतको सेयर मूल्य सबै भन्दा धेरै घट्यो । धेरै कारोबार हुने कम्पनीमा गोर्खा फाइन्यन्स, लाइफ इन्स्योरेनस कर्पोरेसन र सिभिल बैंक लगायत रहे ।

म्युचल फण्ड, ननलाइफ र बैंकिङबाहेकका सबै उपसमूहमा हरियाली छायो ।