देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकमा पुरै गाउँनै एमाले परित्याग गरि काग्रेसमा प्रवेश

देशान्तर

हेलम्वु । सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिका वडा नम्वर ६ अर्थात साविकको इचोक गाविस वडा नम्वर ३ का १७ घरपरिवारका सवै सदस्य एमाले परित्याग गरि काग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका वडा सदस्य रहेका यदुकुमार उपाध्याय सहित ६ दर्जन एमाले परित्याग गरि काग्रेसमा प्रवेश गरे ।

नेपाली काग्रेसका हेलम्वु गाउँपालिका अध्यक्षको उम्मेदवार निमाग्याल्जेन शेर्पाले उनीहरुलाई अविर लगाई काग्रेसमा प्रवेश गराएका हुन् । लामो समयदेखी एमालेमा द्दराजनीति गर्दा पनि गाउँ र टोलको लागि केही काम नगर्ने वरु टोल छिमेकमै झगडा बनाउने काम गर्ने गरेको भन्दै काग्रेस प्रवेश गरेको यदुकुमारले बताए । उनले भने( काग्रेस जस्तो सवैलाई मिलाएर लाने र गाउँको विकासमा लाग्ने पार्टी अरु नदेखेपछी काग्रेस बनेको हुँ । अव काग्रेसमै लागेर समाजसेवा गर्छु ।

उपाध्याय सहित १७ घरधुरीका दर्जनौ काग्रेसमा प्रवेश गरेपछी एमालेमा खैलावैला मच्चिएको छ । हेलम्वु गाउँपालिकामा नेपाली काग्रेस बलियो पार्टीको रुपमा स्थापित छ । हेलम्वु गाउँपालिकामा काग्रेसले ७ वटै वडामा उम्मेदवार चयन गरि तिव्र प्रसारप्रसारमा लागेको छ ।