काठमाडौँ – आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवर्द्धित आईएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आईएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट अर्थात अधिकतम ३ सय रुपैयाँसम्म पाइने भएको छ ।
यस योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।
साझेदारी अवधिभर प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत अर्थात अधिकतम ३ सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने र त्यही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया