अमेरिकाको स्वतन्त्रता दिवसको अबसरमा भएको परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
शिकागोको हाइल्याण्ड पार्कमा गोली चल्दा अरु ५७ जना घाइते भएका छन् ।
गोलीचलेपछि परेड १० मिनेटमा स्थगित भएको थियो । घटनामा संलग्नलाई नियन्त्रणमा लिएको अमेरिकी प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शिकागो सन टाइम्सका अनुसार परेड विहान १० बजे सुरु भएको थियो त्यसको १० मिनेटमा फायरिङ भएपछि स्थगित गरिएको थियो । घटनामा संलग्नहरु १८–२० वर्षका युवा रहेको बताइएको छ ।
एफबीआईले घटनामा संलग्न भएका एक व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनी रोबर्ट इ क्रिमो उर्फ बबी रहेको बताएको छ । उक्त घटना प्रति अमेरिकी राष्ट्रपति जो बाइडनले दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया