देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु

देशान्तर

काठमाडौं – बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाकोमृत्यु भएको गएको छ ।

अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको मृत्यु भएको बताइएको थियो । कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ । बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।

बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका छन् । बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।

अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ । त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएका छन् । उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरे । बंगलादशेका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो ।