काठमाण्डौँ । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया