काठमाडौं -एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार यो योजना १२ असारदेखि लागू हुने गरी व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकलाई लक्षित गरी ल्याएको हो ।
हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् ।
योजनाका विभिन्न अवयवहरु :
योजना | व्याक्तिगत | संस्थागत | रेमिट्यान्स |
२ गुणा | ६ वर्ष ४ महिना २५ दिन | ७ वर्ष २ महिना २७ दिन | ५ वर्ष १० महिना १४ दिन |
३ गुणा | १० वर्ष २ महिना १४ दिन | ११ वर्ष ८ महिना ९ दिन | ९ वर्ष ४ महिना १० दिन |
४ गुणा | १२ वर्ष ११ महिना २ दिन | १४ वर्ष १० महिना २९ दिन | ११ वर्ष १० महिना ७ दिन |
५ गुणा | १५ वर्ष ० महिना १३ दिन | १७ वर्ष ५ महिना ९ दिन | १३ वर्ष ९ महिना १५ दिन |
६ गुणा | १६ वर्ष ९ महिना ६ दिन | १९ वर्ष ६ महिना ७ दिन | १५ वर्ष ४ महिना १७ दिन |
७ गुणा | १८ वर्ष २ महिना २४ दिन | २१ वर्ष ३ महिना १३ दिन | १६ वर्ष ८ महिना २१ ीदन |
८ गुणा | १९ वर्ष ६ महिना १ दिन | २२ वर्ष ९ महिना २६ दिन | १७ वर्ष १० महिना २० दिन |
९ गुणा | २० वर्ष ७ महिना १५ दिन | २४ वर्ष २ महिना ५ दिन | १८ वर्ष ११ महिना १ दिन |
१० गुणा | २१ वर्ष ७ महिना १७ दिन | २५ वर्ष ४ महिना २३ दिन | १९ वर्ष १० महिना २ दिन |
यसअघि बैंकले ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वाधिक उच्च ब्याजदर, तीन बीमारतीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य सर्वश्रेष्ठ गरी कुल २४ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया