देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलंकाको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार

देशान्तर

काठमाडौं – दुई कैदी समूहहरूबीच झगडा भएपछि आज मध्य श्रीलंकाको पोलोनारुवास्थित सुधार गृह पुनर्वास केन्द्रबाट ६०० भन्दा बढी कैदीहरू फरार भएका श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता निहान थल्दुवाले भन्नुभयो, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ ।” उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो ।

सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलंकालाई अझै पनि पिरोलेको छ । यसले गर्दा देशभरि खाद्यान्न, औषधी, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ ।