देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

देशान्तर

काठमाडौं । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले विहिवार देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मङ्गलबार देखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत विद्यार्थी सङ्गठनले वृद्धि शुल्क फिर्ताको माग गदै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउनका लागि तालाबन्दी गरिएको बताए । प्याब्सनको डिल्लीबजारस्थित र एनप्याब्सनको कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।

प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन् । प्याब्सनका महासचिव राजेन्द्र बानियाँले तत्काल दुई पक्षलाई राखेर तालाबन्दी खुलाउन सरकारसँग माग गरे । वृद्धि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनले देशभरका निजी विद्यालयको लेखा र प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए ।