देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा १४ हजार पाँचसय भन्दा बढी कोरोना संक्रमित

देशान्तर

काठमाडौं – २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ संक्रमित भएका छन्। हाल भारतमा कोरोनाका कुल संक्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ । गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ७७ जनाको मृयु भएको छ।

हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित करिब एक लाख नजिक पुगेको गत ६ महिनायता पहिलो पटक भएको जनाइएको छ। पछिल्लो एक दिनमा एघार हजार ५४७ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यो सँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल संख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । कोरोना संक्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।