देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा ९७० जना कोरोनाका नयाँ संक्रमति

देशान्तर

काठमाडौं – सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतको दिल्ली शहरमा कोरोना भाइरसबाट थप ९७० संक्रमित भएका दिल्ली सरकारले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा जनाइएको छ । सो बुलेटिनका अनुसार २४ घण्टाको समयावधीमा एक हजार २३८ जना कोरोनाका बिरामी निको भएका छन् । यस शहरमा कोरोना शुरु भएबाट हालसम्म १८ लाख ६५ हजार ७५५ जना कोरोनाका बिरामी निको भएका समाचारमा जनाइएको छ ।

दिल्ली शहरमा कोरोनाको महामारीबाट उक्त समयमा एक व्यक्तिको मृत्यु भएको छ । यस शहरमा कोरोना शुरु भएदेखि हालसम्म २६ हजार १८४ जनाले ज्यान गुमाएका छन् । यस शहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०२ जना रहेका जनाइएको छ । हाल भारतमा कोरोनाका कुल संक्रमितको सङ्ख्या चार करोड चार करोड ३४ लाख भन्दा बढी पुगेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । दिल्ली शहरमा मात्र तीन करोड ३८ लाख एक हजार ६८७ डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।भारतमा कोरोना संक्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।