देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामदेव गौतम अध्यक्ष रहेको नयाँ पार्टी घोषणा गरिँदै

देशान्तर

काठमाडौं – बामपन्थी नेता वामदेव गौतमको नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको दल गठन भएको छ । नेता गौतमले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै नयाँ दलको घोषणा गर्न लागेका छन् । निर्वाचन आयोगमा दर्ता भएका र नभएका गरी पाँचवटा पार्टीसँग मिलेर अलग दल गठन भएको हो ।

गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएदेखि पुनः एकताको पहल गर्न नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए ।

नयाँ दल ‘नेकपा एकता राष्ट्रिय अभियान’ को संयोजकमा गौतम रहने भएका छन् भने डीबी कार्की सचिव पदमा रहनेछन् । केन्द्रीय कमिटी ६९ सदस्यीय हुनेछ ।