देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीन र अफगान विदेशमन्त्रीबीच टेलीफोनवार्ता

देशान्तर

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यबाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता भएको छ । विदेश मन्त्री वाङले सोमबार अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री मतिकीलाई फोन गरेर गत साताको भूकम्पबाट अफगानिस्तानमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।

साथै उनले अफगान सरकार र जनताप्रति सहानुभूति जनाएका थिए। चीन अफगानिस्तानको साथमा रहेको भन्दै उनले भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच,अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ । भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुलुक र अन्तर्राष्ट्रिय रेडक्रसले पनि राहत सामग्री प्रदान गरेका छन्।