देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश सभा बैठक आज

देशान्तर

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे बस्ने बैठक प्रतिपक्षी दल नेकपा एमालेले भने आज पनि अवरोध गर्ने तयारी गरेको छ ।

यसअघि पनि एमालेले अवरोध गर्दा बैठक स्थगित हुँदै आएको थियो ।

प्रतिपक्षी दल एमालेसँग सरकारले गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै एमालेले अवरोध गर्दै आएको छ ।

एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान राख्दै आएको छ ।

बजेटमा १७ लाख भन्दा तलका टुक्रे योजना नल्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संशोधन गरिनुपर्ने लगायतका विषयमा सम्झौता गरेपनि सरकारले अटेरी गरेको एमालेको आरोप लगाएको छ ।

तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालको अन्तिमतिर पनि एमालेले लगातार प्रदेशसभा अवरुद्ध गरेको थियो ।

शाहीपछि सरकारको नेतृत्वमा आएका जीवनबहादुर शाहीले भने प्रमुख प्रतिपक्षी दलसँग ७ बुँदे सम्झौता गर्दै संसदको गतिरोध हटाएका थिए ।