देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढीमा युवा महोत्सव सुरु

देशान्तर

काठमाडौं – कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशका युवाको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको हो। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकार समेत उपस्थित रहेका छन् ।

यस महोत्सवमा युवाहरुका आ–आफना क्षेत्र र विषयका सिकाइ र क्षमता अभिबृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको कुँवरको भनाइ छ । महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिकालगायतका विषयमा जानकारहरुबाट प्रस्तुति एवं प्रशिक्षण दिइने बताइएको छ । यस महोत्सवमा विभिन्न क्षेत्र र विषयका गरी करिब ३०० जना युवाको सहभागिता रहेको जनाइएको छ ।