देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थपिए ४१ संक्रमित, कोरोना संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत !

देशान्तर

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय घट्दो क्रममा छ । गत चौबीस घण्टामा नेपालमा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हिजो आइतबारको तुलनामा भने बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार सार्वजनिक गरेको तथ्यांकमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा आज १२ जना संक्रमित बढेका हुन् ।

मन्त्रालयका अनुसार देशभरबाट आज २ हजार ३३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १ हजार २१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल २०८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हिजो ९आइतबार० भने १७ जना कोरोना संक्रमणबाट मुक्त भएका थिए । योसँगै आजसम्ममा नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ४०९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ । त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख २७ हजार ७९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।