देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा एघार हजार पाँचसयभन्दा बढी कोरोना संक्रमित

देशान्तर

काठमाडौं – आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड चार करोड ३४ लाख ७ हजार ४६ जना पुगेको छ।

हाल भारतमा ९४ हजार ४२० सक्रिय संक्रमित रहेको समाचारमा जनाएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.२० प्रतिशत हो । पछिल्लो एक दिनमा पन्ध्र हजार २०८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यो सँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल संख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

आइतबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना संक्रमणमा २१ जनाको मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीका कारण पाँच लाख २५ हजार २० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना संक्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।