देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी महिला क्रिकेटको उपाधि यूएईलाई

देशान्तर

काठमाडौं – मलेसियामा सम्पन्न फाइनल प्रतियोगितामा एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले हात पारेको छ। घरेलु टोलीलाई ५ विकेटले हराउँदै शनिबार यूएईले उपाधि कब्जा गर्न सफल भएको हो।

पहिले ब्याटिङ गरेको मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएपछि जित सुनिश्चित भएको हो। शुक्रबार भएको भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो ।