देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानका भूकम्पपीडित खाना र आश्रयविहीन

देशान्तर

काठमाडौं – अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू खाना र आश्रयबिहीन भएका छन् । भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ । बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठीन भएको र भूकम्प प्रभावित गाउँहरूमा मानिसहरु पर्खिरहेका बताइएको छ ।

गत बुधबार आएको ५.९ म्याग्निच्युडको भूकम्पले पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो धक्का पु¥याएको र यसमा परी एक हजार भन्दा बढीको मृत्यु भएको छ । हजारौं व्यक्ति घरवारबिहिन भएका छन् । भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा सम्पूर्ण गाउँहरू समतल भएका छन् । बाँचेकाहरूले भने कि उनीहरू आफ्ना मृतकहरूलाई गाड्नका लागि उपकरणहरू खोज्न पनि संघर्ष गरिरहेको बताइएको छ ।

‘कुनै कम्बल, त्रिपाल छैन, त्यहाँ कुनै आश्रय छैन । हाम्रो सम्पूर्ण पानी वितरण प्रणाली ध्वस्त भएको छ । शाब्दिक रूपमा खानेकुरा केही छैन,’ २१ वर्षीय जैतुल्लाह गुर्जिवालले कडा प्रभावित पक्तिका प्रान्तको आफ्नो गाउँमा पुगेको एएफपी टोलीलाई भनेका छन्। प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हुजैफाले भारी वर्षा र बाढीका कारण प्रभावित क्षेत्रसम्म पुग्ने प्रयासमा बाधा पुगेको बताए ।भूकम्पले मोबाइल फोनका टावर र बिजुलीका लाइनहरु ढलेपछि सञ्चारमा समेत असर परेको छ ।

भूकम्पले पहिल्यै भारी वर्षाको प्रभावबाट ग्रस्त क्षेत्रहरूलाई प्रभावित गरेको थियो , चट्टान र माटोको कारणले गर्दा पहाडको भिरालोमा अनिश्चित रूपमा बसेका बस्तीहरू सखाप भएका छन् ।