देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १० घाइते

देशान्तर

काठमाडौं –  पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको थियो ।घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ ।

दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो ।