देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आगलागीमा छवटा घर जलेर नष्ट

देशान्तर

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कीमा गएराति आगलागीमा परी छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी हरिस अन्सारीको घरबाट अचानक आगलागी हुँदा छ परिवारका छ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा स्थानीयवासी हसिम अन्सारी, वारोस अन्सारी, हरिस अन्सारी, जमाल अन्सारी, उस्मान अन्सारी र हारुन अन्सारी गरी जम्मा छ परिवारको छ वटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

आगलागीमा परी करिव रु आठ लाख बराबरको क्षति भएको स्थानीयवासीले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुनसरीले क्षतिको विवरण आइनसकेको जनाएको छ । आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, इनरुवा र इटहरीबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।