देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेलवे कामदारको मागको बारेमा छलफल गरी सम्झौता गर्न प्रधानमन्त्री जोन्सन तयार

देशान्तर

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रेलवे कामदारहरूको मागको विषयमा छलफल गरी सम्झौता गर्न आफू तयार रहेको प्रतिक्रिया दिए ।

बेलायतमा रेलवे कामदारको नेटवर्कले गरेको तीन दशक यताको ठूलो हडतालकाबाट अस्त व्यस्त बनेपछि प्रधानमन्त्री जोन्सन सम्झौता गर्न तयार हुनुभएको हो । यसअघि आकस्मिक बैठक बसेर निर्णय गरिने उनले बताए ।

रेलवे कामदारहरूले तलब भत्ता वृद्धि र आफूहरूको जागिर सुुरक्षित गर्न माग गर्दै हडताल आह्वान गरेका हुन् । रेलका यात्रुको हडतालमा हजारौंको सहभागिता रहेको छ । रेल र लन्डन भूमिगत स्टेसन मंगलबार बिहान बन्द, भएपछि मानिसहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।