देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ – प्रमुख आयुक्त यादव

देशान्तर

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।

नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग विहिवार भएको अन्तक्र्रियामा उनले भने – “गैरसरकारी संस्थाका प्रतिनिधिले निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नुहोला ।

निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको समयमा कुनै दल विशेष र मतदातालाई प्रभाव पार्ने ढङ्गबाट नभई गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिए ।

उनले भने – “ समावेशी लोकतन्त्रलाई समाजका सबै समुदायले उपयोग गर्ने वातावरण बनाउन तथा निर्वाचनमा मतदान गर्नेमात्र नभएर स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउने नागरिक समाज र गैरसरकारी संस्थाले जिम्मेवारी लिनुपर्छ ।

नेपालमा २५४ अन्तर्रा्ष्ट्रिय तथा ३९ हजार ६६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको सो अवसरमा जानकारी दिइयो । नेपालमा दर्ता भएका गैरसरकारी सङ्घसंस्थाले आर्थिक विकास, सामाजिक रुपमान्तरण, सुशासन, मानवअधिकार, शान्ति, महिला सशक्तीकरण, बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छन् ।

आयुक्त इला शर्माले लोकतन्त्रको पहिलो अभ्यास र जनताले आभास गर्ने विषय स्थानीय तहको निर्चाचनपछि मुलुकमा अभूतपूर्व रुपमा सशक्तीकरणको जागरण पैदा हुने विश्वास व्यक्त गरे ।

नेपाल कानुन समाज, नेपाल चेम्बर्स अफ कमर्स, राष्ट्रिय अपाङ्ग महासङ्घसहितका सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित उक्त अन्तक्र्रिया आगामी निर्वाचनको सन्दर्भभा जारी भएको आचारसंहिताको पालन, मतदाता शिक्षा, निर्वाचन कानून, उम्मेदवार बन्न आवश्यक योग्यता लगायतका विषयमा केन्द्रित रहेको थियो ।