देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नगरपालिका र गाउँपालिकामा मोर्चाले लगाएको तालाबन्दी खोलियो

देशान्तर

राजविराज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ ।

स्थानीय तह पुनर्संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डल (अनुराग)ले बताए ।

त्यस्तै, सरकारले कुनै कारणवश पुनः बेइमानी गरेमा मोर्चाले तालाबन्दीभन्दा पनि सशक्त आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मोर्चा, सप्तरीका संयोजक दिनेशकुमार यादवले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

सरकारले जनसङ्ख्याका आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय तहको पुनर्संरचना गरी सङ्घीयतालाई नै खतम गर्ने खेलमा लागेको भन्दै मोर्चाले सप्तरीका सबै स्थानीय निकायअन्तर्गतका नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा गत चैत ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।