देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तातो व्यापार गर्ने ‘चिसो मान्छे’को दाउ

देशान्तर

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपाल, अमेरिका र माल्टामा एकसाथ प्रदर्शनमा आएको छ । यो साता रिलिज हुने यो एक मात्र फिल्म हो । कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पु¥याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गर्छ ।

दुई घण्टा लामो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ । कोरोना संक्रमणको त्रास, पूर्वमाओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्मले चित्रण गर्छ ।

सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई पनि फिल्ममा चित्रण गरिएको छ । पशुपति प्रसाद, आमाजस्ता रुचाइएका फिल्मलाई निर्देशन गरेका खनालको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ ।

‘कबड्डी ४’ ले घरेलु र डायस्पोरा बक्स अफिसमा दबदबा कायम गरिरहँदा रिलिज भएको फिल्म चिसो मान्छेको व्यावसायिक भविष्य यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्म मध्यपूर्वमा ६ जुलाई र युरोपमा २५ जुनमा प्रदर्शन हुँदैछ ।

यसैबीच, फिल्म रिलिज भएसँगै स्वस्तिमा र अर्पणको हल दौडाहा सुरु भएको छ । उनीहरू हल–हलमा पुगेर दर्शकसँगै फिल्म हेर्ने र प्रतिक्रिया बुझ्ने काम गरिरहेका छन् । देशभर एक सय हलबाट फिल्म रिलिज भएको छ ।