देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजन कार्कीको ‘मायालाई भेटेसी’

देशान्तर

काठमाडौं । लोकदोहोरी गायक राजन कार्कीले नयाँ गीत ‘मायालाई भेटेसी’ सार्वजनिक गरेका छन् ।

कार्कीकै सिर्जनामा तयार भएको गीत गायनमा मेलिना राईले साथ दिएकी छिन् । आशिष अविरलको एरेन्ज रहेको गीतलाई स्मिता स्नेहा इन्टरटेनमेन्ट युट्युबबाट सार्वजनिक गरिएको छ ।

माया पिरतीमा आधारित उक्त गीतको भिडियो निर्देशन कुमार केसीले गरेका छन् । केसीको निर्देशनमा पपुलर फेस नायिका नीता ढुंगाना र गायक तथा मोडल प्रकाश सपुतले स्कृन सेयर गरेका छन् । प्रकाश मगरको कोरियोग्राफी रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोको निर्माता राजेन्द्र खत्री हुन् ।

सर्जक तथा गायक कार्कीको यसअघिका दर्जनभन्दा बढी लोक तथा आधुनिक गीतले चर्चा कमाएका छन् । ‘दिलमा बसेकी’, ‘चाडवाडमा’, ‘पान खायो मायाले’, ‘सुर्ती माडेर’, ‘खोलीमा माछी’, ‘आँसु नझार’, ‘तिमीसँग नजर जुधाई’जस्ता उनको गीतलाई दर्शक श्रोताले मन पराएका छन् ।