देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फर्की आऊ


रहर एउटै,
सहर एउटै भए पनि ! !
तिम्ले बोल्नै छोडेऊ र पो मैले,
बोल्नै बिर्सी सके !
सँगै डुल्नै छोडेउ र पो मैले,
डुल्नै बिर्सिसके !
तिमी र म घुम्ने टोलका गल्लीहरूमा ! !
अब त फर्की आऊ,
हात समाऊ, बोल्ने बनाऊ !
मायामा गफिँदै, सँगै घुमाउला ! !
धेकेलेरै… टाढा,
ठूलो…भीड भए पनि ! !
आँखाले तिम्लाई नै खोज्छ ।
यो मनले…
कहीँ कतै, भेटिन्छौ कि सोच्छ ।
न आँखा थाके,
न त तिमी नै भेटियौ !
अब त…असाध्यै भेट्न मन छ ।
छेउमै बस्न मन छ ।
फर्की आऊ, न रुवाऊ,
हाँसी खुसी सँगै बिताउला ।
कराउन,
तिमीलाई रुवाउनै भए पनि,
मैले त बिर्से जस्तो लाग्छ !
मायाको झगडा ।
बिर्से जस्तै लाग्छ !
फकाउने तरिका ।
त्यसैले त…तिमीसँगै,
असाध्यै झगडा गर्न मन छ !
अनि आफैं फकाउन पनि ! !
आउन फर्की, रिसले न झर्की ! !
तिमीसँग मायाको झगडा गर्नु छ ।