देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी हुन् विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने कलाकार

देशान्तर

काठमाडौं । चलचित्रकर्मीहरूले अब विमानस्थलमा भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् । विशिष्ट श्रेणीका चलचित्रकर्मीहरूले विमानस्थलको भीआईपी सुविधा लिन पाउने भएका हुन् ।

चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भीआईपी कक्ष प्रयोग गर्न पाउनेछन् । चलचित्र विकास बोर्डका अनुसार विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र पाउने कलाकारको संख्या ४० छ । बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइनेछ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमालसम्म छन् । यस्तै, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायत छन् । बोर्डको पत्राचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

२०७३ सालमा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो । प्राप्त आवेदनमध्ये उनीहरूले पु¥याएको योगदान र तय गरिएको मापदण्डका आधारमा ४० जनालाई विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र वितरण गरिएको थियो । यो परिचयपत्र बोर्डले २०७३ वैशाख १३ र असार १६ गते वितरण गरेको थियो । ४० मध्ये चारजनाको निधन भइसकेको छ ।