देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली क्रिकेट ट्रयाकमा

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई गरेको प्रतिवन्ध पूर्णरूपमा फुकुवा गरेको छ ।विगतमा क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै २०७३ वैशाखमा प्रतिवन्ध लगाएको थियो । प्रतिबन्धमा परे पनि त्यतिबेला आईसीसीले नै नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन गरेको थियो ।

त्यतिबेला एउटा पक्षले गरेको अधिवेशनलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले मान्यता नदिएर तदर्थ समिति बनाएपछि प्रतिबन्धमा परेको क्यान वर्तमान कार्यसमिति निर्वाचनबाट आएपछि आंशिक फुकुवा भएको थियो। २०७६ असोजमा नयाँ कार्यसमिति आएलगत्तै आईसीसीले आंशिक प्रतिवन्ध फुकुवा गर्दै केही सर्तहरू राखेको थियो। त्यतिबेला आईसीसीले आर्थिक र प्रशासनिक संरचनामा प्रश्न पनि उठाएको थियो। वर्तमान कार्यसमिति आएपछि प्रशासनिक संरचना बनाउनुका साथै आर्थिक पारदर्शिताका लागि पनि पहल गरेको थियो।

क्यानमा महाप्रबन्धक राख्नेदेखि आर्थिक पाटोमा चार्टर्ड एकाउन्टेन्ट राख्नेसम्मका संरचना नै बनाइएको थियो । आर्थिक प्रतिबन्ध फुकुवा भएपछि क्यानमाथिका सम्पूर्ण प्रतिबन्ध हटेको हो । नेपाल अहिले एकदिवसीय मान्यता प्राप्त एसोसिएट राष्ट्र हो। एक दिवसीय मान्यता पाउने देशलाई आईसीसीले राम्रो फन्डिङ पनि गर्दै आएको छ । क्यान निलम्बनमा पर्दा पनि नेपाली क्रिकेट टिमले राम्रो प्रदर्शन गर्दा आईसीसी आफैंले अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजन गरेको थियो।

वर्तमान कार्यसमिति आएपछि मात्रै क्यानले अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता गर्न थालेको हो । यसबीचमा आंशिक प्रतिबन्ध फुकुवा हुँदा क्यानले पहिला कार्यक्रम गरेर खर्च विवरण पठाएपछि आईसीसीले रकम निकासा गर्ने गरेको थियो। यसले गर्दा क्यानले खेलाडीलाई समयमा तलब नदिएको, अन्य पार्टीहरूलाई भुक्तानी गर्न नसकेको भन्ने आरोप पनि खेप्दै आएको थियो।

तर अब आईसीसीबाट पूर्णरूपमा निलम्बन फुकुवा भएपछि यस्तो आरोप खेप्न नपर्ने कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको भनाइछ । उनी भन्छन् ‘अब एसिसेट देशहरूमध्ये एकदिवसीय मान्यता पाएको देशको हैसियतमा नेपालले आईसीसीबाट आर्थिक अनुदान प्राप्त गर्नेछ । पहिला हामीले खर्च गरेर विल भरपाईहरू पठाएपछि मात्रै आईसीसीबाट रकम निकासा हुन्थ्यो। त्यसले गर्दा क्यानले धेरै कामहरू उधारोमा गर्नुपर्ने अवस्था थियो।