देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल अमेरिकासँग पराजित

देशान्तर

आइसीसी बिश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुंग्याएको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो ।

ह्युस्टन स्थित मौसा क्रिकेट मैदानमा सट हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । नेपालले अमेरिकालाई सुरुवातमा दबाब दिएपनि बिचमा सम्हालिएको थियो ।

अमेरिकाको स्कोर मात्र दुई रन हुँदा करण केसीले नेपाललाई पहिलो सफलता दिलाए । ओपनर स्टेभेन टेलरलाई मात्र एक रनमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुनील धमलाको हातबाट क्याच आउट गराए ।

त्यसपछि अमेरिकाको आठ रन हुँदा दोस्रो विकेट झर्यो । अमेरिकाका कप्तान मोनांक पटेल मात्र चार रनमा करणले नै आउट गरे । तर तेस्रो विकेटका लागि सुशान्त र आरोन जोन्सले ८८ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । जसमा आरोन ब्यक्तिगत ४३ रनमा दिपेन्द्रसिंह ऐरीको बलमा आउट भए । उनले ६० बलमा तीन चौका प्रहार गरे ।

लगत्तै अर्धशतक बनाएका सुशान्तपनि आउट भएपछि अमेरिकाले एक सय १० रनमा चौथो विकेट गुमायो । सुशान्तले ८३ बलमा सात चौकाको मद्दतले ५४ रन बनाए ।

त्यसपछि पाँचौं विकेटका लागि गजानन्द सिंह र सेइतिजा मुकामालाले ८५ रनको साझेदारी गर्दै टिमलाई अगाडी बढाएका थिए । जसमा मुकामालाले ३६ रन बनाए । उनले ५२ बलमा तीन चौका प्रहार गरेका थिए ।

त्यसपछि गजानन्द सिंहले ५८ रनको पारि खेल्दै आउट भएपनि अमेरिकाले दुई सय रनमा ६ विकेट गुमायो । त्यसपछि नोस्थुस केन्जिगी ब्यक्तिगत ९ रनमा आउट भएपछि अमेरिकाले दुई सय १५ रनमा सातौं विकेट गुमायो ।

अन्तिममा निसार्ग पटेलले अविजित १८ रन बनाए भने कामरोन स्टेभेन्सनले अविजित १६ रन बनाए । बलिङमा करण केसीले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए । यस्तै सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

जवाफमा नेपाल ४७ ओभर चार बलमा दुई सय ६ रनमा अलआउट भयो । नेपालको ब्याटिङ सुरुवात देखि नै कमजोर बन्यो । मात्र १७ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । ओपनर कुशल भुर्तेल मात्र १० रनमा आउट भए । त्यसपछि नेपालको स्कोरबोर्डमा ३८ रन हुँदा दोस्रो विकेट झर्यो । आशिफ शेख ब्यक्तिगत १८ रनमा आउट भए । उनले १५ बलमा तीन चौका प्रहार गरेका थिए ।

त्यसपछि रोहित पौडेल १६ रनमा आउट भएपछि नेपालको स्कोर ६९ रन थियो । नेपालका मध्यक्रमका कुनैपनि खेलाडीबिच दरिलो साझेदारी हुन सकेन । नेपालले ८८ रन बनाउँदा चौथो विकेट गुमायो । राम्रो लयमा देखिएका देभ खनाल ३४ रनमा रनआउट भएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि दिपेन्द्रसिंह ऐरीपनि मात्र सात रनमा आउट भएपछि नेपालले ९३ रनमा पाँचौं विकेट गुमायो ।

तर छैटौं विकेटका लागि आरिफ शेख र सोमपाल कामीले एक सय नौं रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । नेपालका लागि एकदिवसिय क्रिकेटमा छैटौं विकेटका लागि भएको यो अहिलेसम्म कै ठूलो साझेदारी हो । यसअघि कीर्तिपुर मैदानमा अमेरिकाविरुद्ध नै कुशल मल्ल र बिनोद भण्डारीले ८४ रनको साझेदारी गरेका थिए ।

तर आरिफ शेख ६३ रनमा आउट हुँदा नेपालले एक सय ९९ रनमा छैटौं विकेट गुमायो । आरिफले ७६ बलमा तीन चौका हिर्काएका थिए । त्यसको लगत्तै सोमपाल कामी ब्यक्तिगत ४७ रनमा आउट भएपछि नेपालले दुई सय रनमा सातौं विकेट गुमायो ।

तर त्यसपछि नेपालले दुई विकेट सस्तैमा गुमाउँदा हारको नजिक पुगेको थियो । अमेरिकाका सौरभ नेत्रवाल्करले लगातार दुई बलमा दुई विकेट लिएपनि नेपालले दुई सय चार रनमा नौं विकेटको अवस्थामा पुग्यो । करण एक रनमा आउट भए भने सन्दिप लामिछानेले खाता खोल्न सकेनन् । बलिङमा सौरभ नेत्रवाल्करले तीन तथा अली खानले पनि तीन विकेट लिए ।