देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको घोषणापत्र आज सार्वजनिक, यस्तो छ घोषणापत्र

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको चुनाव घोषणापत्र आज मंगलबार सार्वजनिक हुने भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र पार्टी मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्दैछन्।घोषणापत्र तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा स्थानीय स्वायत्त शासन समसामयिक राजनीति र अबको एजेण्डा लगायतका विषयवस्तु समेटिएको छ।

दोस्रो खण्डमा नेपाली कांग्रेसले विगतमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ। राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहकको रुपमा कांग्रेसले पुर्‍याएको योगदान र आर्थिक विकासको अभियन्ताको रुपमा गरेको योगदानलाई व्याख गरिएको छ।

तेस्रो खण्डमा कांग्रेसले आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन वातावरण संरक्षण र सुशासन प्रत्याभूतिको संकल्प उल्लेख छ। साथै प्रजातन्त्र पूनर्प्राप्तिपछिको २५ बर्षमा कांग्रेस नेतृत्वमा भएका नीतिगत सुधारको प्रतिफल, अबको १० बर्षमा नेपाल कस्तो हुनेछ भन्ने झलक पनि कांग्रेसले घोषणापत्रमा पेश गरेको छ। स्थानीय सरकारको स्वरुपबारे पनि यसमा उल्लेख छ।

युवा उद्यम चुनौती कोष कार्यान्वयनमार्फत् स्थानीय रोजगारी सिर्जनाको अवधारणा पनि घोषणापत्रमा छ। जल, जमीन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ लाई व्यवहारमा उतार्ने भनिएको छ।

 

राष्ट्रियता लोकतन्त्र समाजवाद

कांग्रेसको नेतृत्वमा शान्ति र संविधान
कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान

नेपाली कांग्रेसको घोषणापत्र
स्थानीय तह निर्वाचन २०७४

प्रकाशक
नेपाली कांग्रेस केन्द्रीय कार्यालय
बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर

विषयसूची

खण्ड १ राजनीतिक पृष्ठभूमि
१.१ श्रद्धान्जली र सम्झना
१.२ स्थानीय निर्वाचनको महत्व
१.३ स्थानीय स्वायत्त शासन र नेपाली कांग्रेस
१.४ समसामयिक राजनीति र अबको एजेण्डा

खण्ड २ ऐतिहासिक विरासत र उपलव्धि
२.१ नेपाली कांग्रेस ः राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनकोसंवाहक
२.२ नेपाली कांग्रेस ः सामाजिक परिवर्तनको प्रेरक
२.३ नेपाली कांग्रेस ः लोकतान्त्रिक समाजवाद र आर्थिक विकासको अभियन्ता

खण्ड ३ स्थानीय सरकार र हाम्रो संकल्प
३.१ आर्थिक समृद्धिको संकल्प
३.२ सामाजिक प्रगतिको संकल्प
३.३ पूर्वाधार विस्तारको संकल्प
३.४ वन–वातावरण संरक्षणको संकल्प
३.५ सुशासन प्रत्याभूतिको संकल्प

अनुसूची १ कांग्रेस नेतृत्वमा भएको नीतिगत सुधारको विगत २५ वर्षको विकास प्रतिफल
अनुसूची २ अबको १० वर्षमा नेपाल ः एक झलक
अनुसूची ३ कस्तो हुनेछ कांग्रेसको परिकल्पनाको स्थानीय सरकार ?
अनुसूची ४ के छन नेपालको संविधानमास्थानीय सरकारकोअधिकार ?

 

खण्ड २ ः ऐतिहासिक विरासत र उपलव्धि

२.१ नेपाली कांग्रेस ः राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहक

आदरणीय दिदीबहिनी–दाजुभाईहरु,

नेपाली कांग्रेस नेपालको लामो लोकतान्त्रिक आन्दोलनको निरन्तर नेतृत्व गर्ने तथा राष्ट्र र जनता माथि आइपरेका हरेक संकट समाधान गर्ने ऐतिहासिक पार्टी हो । नेपाली कांग्रेसले नै राष्ट्रिय एकता र राष्ट्रियताको भावनालाई सुदृढ बनाउँदै नेपाली समाजलाई सामन्ती सोच, संस्कार र शासनबाट मुक्त गर्दै व्यापक नागरिक चेतना, अधिकार र आर्थिक विकासको आधुनिक युगतर्फ उन्मुख गराएको हो ।

नेपाली कांग्रेसले २००३ सालदेखि जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । जहानियाँ राणा शासनका विरुद्ध २००७ सालमा जनक्रान्तिको आह्वान गर्दै नेपाली कांग्रेसले लोकतन्त्र र जनताको मतबाट मात्र शासन गर्न पाउने पद्धतिको स्थापना ग¥यो ।

२०१७ सालमा राजाबाट कपटपूर्वक लोकतन्त्र र जनअधिकार अपहरण गरिएपछि ३० वर्षसम्म निरन्तर संघर्ष गर्दै नेपाली कांग्रेसको आह्वान र नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भयो ।

लामो संघर्ष र वलिदानबाट प्राप्त भएका जनताका अधिकार र आवाज २०५२ देखि प्रारम्भ भएको माओवादी द्वन्द्व र हत्या–हिंसाको प्रकोपमा ११ वर्षसम्म निरन्तर निस्तेज बन्दै र खोसिदै गए । माओवादी द्वन्द्वको उत्कर्षकै बेला फेरि एकपटक राजाद्वारा २०५९ सालमा लोकतन्त्र र जनताका अधिकार अपहरित भए । लोकतन्त्र र राष्ट्रमाथि आइपरेको यो दोहोरो संकटबाट नेपाली कांग्रेसले नै देश र जनतालाई मुक्ति दिलायो । २०६२÷६३ को अभूतपूर्व लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै राजतन्त्रको स्वेच्छाचारी युग समाप्त पारी नेपाली कांग्रेसले नै माओवादी हिंसा र हतियार बिसाउन लगाएर दिगो शान्ति र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला राख्यो ।

२०६४ सालमा संविधानसभाको निर्वाचन गर्न थुप्रै बाधा र आन्दोलनको संकटपूर्ण परिस्थितिको सिर्जना भयो । तर सबै आन्दोलन र अवरोधलाई शान्तिपूर्ण सहमतिमा टुंग्याएर नेपाली कांग्रेसकै नेतृत्वमा संविधानसभाको निर्वाचन सम्भव हुन सक्यो । यो अवधिमा मधेशको आन्दोलन, आदिवासी जनजातिको पहिचानको आन्दोलन, महिला, दलित, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक समुदाय एवं कर्णाली र दुर्गम क्षेत्रका जनताको उचित प्रतिनिधित्व र अधिकारको आन्दोलनको शान्तिपूर्ण निकास नेपाली कांग्रेसकै नेतृत्वमा संभव हुन सक्यो ।

पहिलो संविधानसभाको ४ वर्षसम्म वामपन्थी नेतृत्वमा ४ वटा सरकारको गठन र विघटन भयो । तर देशले संविधान पाउन सकेन, उल्टै देश वामपन्थी अतिवादी निर्णयका कारण गम्भीर संवैधानिक संकटमा फस्न गयो । दोस्रो संविधानसभाको माध्यमबाट नेपाली कांग्रेसले पुनः एक पटक संविधानसभाबाट संविधान जारी गर्ने अभियानको नेतृत्व ग¥यो । नेपाली कांग्रेसको दृढ संकल्प तथा सहमति–सहकार्य–एकता र मेलमिलापको राजनैतिक संस्कारका कारण १ वर्ष १० महिना भित्र मुलुकले संविधानसभाबाट ऐतिहासिक संविधान प्राप्त गर्न सक्यो ।

संविधानसभाबाट संविधान जारी हुनु भन्दा अघि र पछि देश एकपटक पुनः मधेश र आदिवासी जनजाति आन्दोलनका कारण असहज अवस्थामा पुगेको थियो । विनाशकारी भुकम्पले अस्तव्यस्त भएको जन–जीवन सम्हालिन नपाउँदै नेपालको दक्षिणी सीमा क्षेत्रमा भएको निरन्तर नाकाबन्दीको दबाब र आन्दोलनबाट नेपाली जनता अत्यन्त आक्रान्त भएका थिए । नाकाबन्दी र महाभूकम्पको दोहोरो संकटको घडीमा पनि नेपाली कांग्रेसले आन्दोलनरत पक्षसँग निरन्तर संवाद गर्दै भूकम्प–पीडित जनताका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहयोग परिचालन ग¥यो तथा सीमा क्षेत्रमा जारी अमानवीय नाकावन्दीको स्थिति समाप्त पार्न छिमेकी भारतसँग निरन्तर संवाद र अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने अभियानको नेतृत्व ग¥यो ।

संविधानसँग सम्बन्धित असन्तोषलाई संवादद्वारा सहमतिमा पुगेर संविधान संशोधनको बाटोबाट समाधान गर्न सकिन्छ भनी नेपाली कांग्रेसले नै संविधान संशोधनको लोकतान्त्रिक प्रकियाको नेतृत्व ग¥यो । फलस्वरुप संविधानको पहिलो संशोधनद्वारा समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्दा मौलिक अधिकारको अंग बन्न गयो तथा भूगोलसँगै जनसंख्या समेत प्रतिनिधित्वको प्रमुख आधार हुने गरी नयाँ संविधान परिष्कृत र विकसित भयो । यो संशोधनपछि मधेश र अन्य आन्दोलन समेत शान्तिपूर्ण संवादको बाटोमा फर्किन र विश्वस्त हुन सके तथा देशमा जारी अमानवीय नाकावन्दी समेत तोडियो ।

यो स्थानीय निर्वाचनसम्म आइपुग्दा आज पनि नेपाली कांग्रेसले पार्टी सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा संविधान संशोधनको माध्यमबाट मधेश र आदिवासी जनजाति आन्दोलनका मांग र असन्तोष सम्बोधन गर्न सकिन्छ भन्ने लोकतान्त्रिक प्रकिया र विधि माथि देश र आन्दोलनरत पक्षलाई विश्वस्त पार्न सकेको छ ।

हिमाल, पहाड र तराई–मधेशका जनताका बीच व्यापक समझदारी र एकताको भावना निरन्तर बलियो बनाई राख्ने नेपाली कांग्रेसको यो लोकतान्त्रिक प्रकृया र प्रयासले राष्ट्रलाई गम्भीर संकटबाट पार लगाएको छ तथा राष्ट्रियता र लोकतन्त्र बलियो बनाउने दोहोरो जिम्मेवारीको पनि सफलतापूर्वक निर्वाह भएको छ । यिनै ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएका कारण नेपाली कांग्रेस देशको सबैभन्दा जेठो, भरपर्दो, राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता र हरेक संकटबाट राष्ट्रलाई जोगाउने पार्टीका रुपमा स्थापित भएको छ ।

२.२ नेपाली कांग्रेस ः सामाजिक परिवर्तनको प्रेरक
नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि राजनीतिक परिवर्तनको संवाहक मात्र नभएर सामाजिक सांस्कृतिक परिवर्तनको पनि अग्रणी बन्दै आएको छ । सामाजिक विभेदको अन्त्यको संखघोष नेपाली कांग्रेसले नै शुरु गरेको हो । दलितहरुप्रति हुने अमानवीय विभेद र छुवाछुतको अन्त्य, महिला विरुद्ध हुने हिंसा र विभेदका व्यवहार, गरिब र असहायप्रतिको अपहेलना, धर्म, जात–जातिर सम्पत्तिका आधारमा सिर्जित सामाजिक असमानताहरुको अन्त्यका लागि नेपाली कांग्रेसले चलाएका आन्दोलनहरु ऐतिहासिक प्रमाणकारुपमा रहेका छन् ।

२.२.१ समावेशीकरण र सशक्तिकरण
आर्थिक, समाजिक एवं राजनीतिक अधिकार उपयोगका दृष्टिले पछाडि परेका वर्ग र क्षेत्रका जनताको समावेशीकरण नेपाली कांग्रेसको सामाजिक नीतिको महत्वपूर्ण पक्ष हो । त्यसैले नेपाली कांग्रेस राज्यका अंग र संयन्त्रहरुमा सामाजिक दृष्टिकोणले पछाडि परेका वर्ग र क्षेत्रको प्रतिनिधित्व र पहुँचका लागि आरक्षण र सकारात्मक विभेदको नीतिको पक्षमा रहँदै आएको छ ।समावेशीताको मुद्धालाई संस्थागत तवरले बल पु¥याउननेपाली कांग्रेसकै नेतृत्वमा पहिलो पटक देशमा राष्ट्रिय महिला आयोग, दलित आयोग तथा आदिवासी जनजाती प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भयो । कांग्रेसकै नेतृत्वको सरकारको पालामा राष्ट्रिय प्रसारण माध्यमबाट नेपाली बाहेक अन्य स्थानीय भाषामा समाचार र अन्य सूचनामूलक सामाग्रीको प्रसारण प्रारम्भ भयो । सामाजिक–सांस्कृतिक परिवर्तनका आफ्ना यी अग्रसरतालाई थप बल पु¥याउन र महिला, दलित, आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुर्गम क्षेत्रका जनताको प्रतिनिधित्व र पहुँचको नयाँ संवैधानिक व्यवस्थालाई दृढताका साथ कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ ।

नेपाली कांग्रेस स्थानीय निर्वाचनको यस महत्वपूर्ण घडीमा विगतदेखि प्रारम्भ भएका लोकतान्त्रिक र सामाजिक रुपान्तरणका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप नयाँ सामाजिक नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । बदलिँदो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सन्दर्भमा अबको सामाजिक नीति र कार्यक्रमको उद्देश्य सबै क्षेत्र, वर्ग, धर्म, लिंग, जात–जातिका विपन्न, बहिष्कृत, सीमान्तकृत समुदायहरुको क्षमता विकासमा सघाउ पु¥याउन एवं राज्यका स्रोत, साधन र अवसरमा तिनको पहुँच अभिबृद्धि गर्ने दिशातर्फ लक्षित हुनु पर्दछ भन्ने नेपाली कांग्रेसको अठोट रहेको छ ।

२.२.२न्यायपूर्ण समाज स्थापना ः विश्वव्यापीकरण र आधुनिकीकरणका प्रकृयाहरुले समाजमा विकास र रुपान्तरणमात्र होइन, समस्याहरु पनि सिर्जना गरेका छन । गरिबी, जातिय र वर्गीय विभेद जस्ता परम्परागत समस्याका अतिरिक्त बसाई सराई, शहरीकरण, जनसंख्या बृद्धि, जलवायु परिवर्तन र पर्यावरणको असन्तुलन जस्तासमस्या नेपाली समाजमा पनि देखिन थालेका छन् । यी प्रवृत्तिले गर्दा समाजमा नयाँ स्वरुपका असमानताहरु देखिएका छन । फरक स्वरुप र प्रकृतिका यी नयाँ सामाजिक असमानताहरुको अन्त्य गर्ने दिशातर्फ पनि नेपाली कांग्रेस गम्भीर रहेको छ ।

नेपालमा अहिले उचित व्यवस्थापन हुन नसकेका वादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउटे तथा गन्धर्व समुदाय लक्षित रोजगारीका कार्यक्रमहरुलाई उनीहरुका परम्परागत पेशा र मौलिक पहिचानसँग प्रतिकुल नहुने गरी संचालन गर्नु पर्दछ भन्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको छ ।

नेपाली कांग्रेसले नीतिगत रुपमानै महिला विरुद्ध हुने यौन शोषण र घरेलु हिंसामा दोषी देखिएका व्यक्ति नेपाली कांग्रेसको क्रियाशील सदस्य वन्न र रहन नसक्ने व्यवस्था गरेको छ । त्यसैगरी दलितका सन्दर्भमा पनि उनीहरुसँग छुवाछुतको व्यवहार गर्ने व्यक्ति नेपाली कांग्रेसको क्रियाशील सदस्य वन्न र रहन नसक्ने नीतिगत व्यवस्था गरिएको छ ।कानूनले समेत विभेदका यस्ता व्यवहार दण्डनीय बनाएको छ । तर कानूनी उपचारले मात्र होइन, यस्ता अमानवीय व्यवहारका विरुद्ध व्यापक सामाजिक अभियान चलाउन अनिवार्य भएको नेपाली कांग्रेसको ठहर छ ।

समावेशी र सशक्त नेतृत्व विकासको एजेण्डा राज्य संरचनासँगै पार्टीको संरचनामा पनि प्रभावकारी बनाउँदा मात्र सशक्तिकरणको अभियानले व्यापक सामाजिक र राजनीतिक आधार पाउँछ । यो धारणाप्रति प्रतिवद्ध भएकै कारण नेपाली कांग्रेसको नेतृत्व संरचना र पार्टी प्रतिनिधित्व ऐतिहासिक रुपले समावेशी रहदै आएको छ । समावेशी प्रतिनिधित्व र नेतृत्व विकासको दायरा तल्लो तहदेखि केन्द्रसम्म संस्थागत गर्न नेपाली कांग्रेसले आफ्नो पार्टी संरचनामा बाह्रौ महाधिवेशनदेखि नै गाउँतहदेखि केन्द्रसम्म विभिन्न जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्वका लागि विधानमै आरक्षणको व्यवस्था गरेको छ ।

२.२.३ मर्यादितरोजगारीको सुनिश्चितता
मुलुकमा बेरोजगारीको समस्या कहाली लाग्दो अवस्थामा रहेको छ । विगत दश वर्षमा दशौं लाख नेपाली युवा कामको खोजिमा विदेशिएका छन् । यो बैदेशिक रोजगारीले जीवन निर्वाहका लागि केही अवसर प्रदान गरे पनि बढ्दो परनिर्भरता, पारिवारिक द्वेष र सामाजिक वेथिति लगायतका नकारात्मक घटनाहरु पछिल्लो समय ह्वात्तै बढेका छन् । त्यसैले आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारी व्यवस्थापनमा स्थानीय सरकारले गम्भीर पहल गर्नु पर्ने अवस्था आएको नेपाली कांग्रेसकोनिश्कर्ष छ ।

कृषि, पर्यटन र सम्पदा संरक्षण, उद्योग, सहकारी, प्रविधि जस्ता क्षेत्रका उद्यमीलाई नीतिगत प्रोत्साहन सँगै निश्चित मात्राको अनुदान उपलब्ध गराई लगानी वृद्धि गरी गाउँमा रहेका युवालाई गाउँमै वस्ने वातावरण र रोजगारीका अवसर स्थानीय सरकारले सिर्जना गर्नु पर्दछ ।

रोजगारी प्रवद्र्धनका निम्ति प्राविधिक शिक्षा र सीप विकासको व्यापक अवसर स्थानीय सरकारले सिर्जना गर्नु पर्दछ भन्ने नेपाली कांग्रेसको निस्कर्ष छ । उपयुक्त रोजगारी नपाउन्जेलसम्म सामुदायिक सेवा र विकास कार्यमा संलग्न रहेकाहरुलाई शैक्षिक वेराजगार भत्ता उपलब्ध गराउने नीति राज्यले लिनु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।
२.२.४ सामाजिक सुरक्षा र समृद्ध परिवार निर्माणमा जोड

शारीरिक श्रम गरी आयमूलक कार्यमा संलग्न हुन नसक्ने जेष्ठ नागरिक, एकल तथा असक्त महिला, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसंख्यक, असहाय र बालबालिकाहरुलाई सामाजिक सुरक्षाको वन्दोवस्त प्राथमिकताका साथ सुदृढ पार्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको छ ।

आज हामी सूचना र प्रविधिको युगमा छौं । बदलिँदो विश्व परिवेशमा नेपाली घर र परिवारको स्वरुप पनि बदलिदै गएका छन । परिवार राज्यले ध्यान दिनु पर्ने सबै भन्दा तल्लो तहको सामाजिक एकाई हो । शान्त र समृद्ध परिवार निर्माण गर्ने अभियानलाई स्थानीय सरकारले दृढतापूर्वक बल प्रदान गर्नेछ । शिक्षित र सुसुचित परिवार बनाउने महत्वपूर्ण आधार शिक्षा, सूचना प्रविधिमा पहुँच र रोजगारीको सुनिश्चितता पनि हो । त्यसैले बदलिँदो परिवेशमा अब—एक परिवार–एक रोजगार, युवाको लक्ष्य –सीप र दक्ष जस्ता नीति र कार्यक्रमलाई अभियानको रुपमा नेपाली कांग्रेसले स्थानीय सरकारका माध्यमबाट संचालन गर्नेछ । यसले स्थानीय तहदेखि नै नेपाली युवालाई आत्मनिर्भर र हाम्रो समाजलाई आधुनिक र प्रविधियुक्त विश्व प्रणालीमा आवद्ध गर्नेछ ।

२.३ नेपाली कांग्रेस ः लोकतान्त्रिक समाजवाद र आर्थिक विकासको अभियन्ता
वि.सं. २०१५ सालमा निर्वाचित बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले सामन्ती अर्थव्यवस्थाका संरचनालाई समाप्त पार्ने क्रान्तिकारी काम प्रारम्भ गरेको थियो । जमिन्दारी र विर्ता प्रथाको उन्मूलन, वन–जंगलको राष्ट्रियकरण, मोहीको हक र भूमि व्यवस्थामा सुधार जस्ता कामले आर्थिक विकास र आधुनिकताको जग बसालेको थियो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि बनेको नेपाली कांग्रेसको सरकारले आर्थिक क्षेत्रमा यस्तै साहसिक र क्रान्तिकारी काम प्रारम्भ ग¥यो । यो सरकारले अर्थतन्त्रमा व्यापक संरचनात्मक सुधार ग¥यो र आधुनिक अर्थतन्त्रको जगबसाल्यो । विकास निर्माणको अभियान गाउँ–गाउँसम्म पु¥यायो । यही कारणले गर्दा, हिंसात्मक द्वन्द र राजनीतिक अस्थिरताकाबीच पनि यस अवधिमा आर्थिक तथा सामाजिक क्षेत्रमा अभूतपूर्व उपलब्धिहरु हासिल भए । लामो समय हिंसात्मक द्वन्द भोगेका संसारका कतिपय मुलुकहरु टाट पल्टेको अवस्थामा छन् । तर बाह्र बर्ष लामो हिंसात्मक द्वन्द्व र त्यसपछि पनि निरन्तर राजनीतिक अस्थिरताको चपेटामा पर्दा समेतनेपालले संयुक्त राष्ट्र संघले निर्धारण गरेका अधिकांश सहस्राब्दी विकास लक्ष्यहरु पूरा गरेको छ । यसको श्रेय नेपाली कांग्रेस र उसले प्रारम्भ गरेको आर्थिक र विकास नीतिले पाएको छ । हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरतामा अल्झिनु नपरेको भए नेपाली जनताका विकासनिर्माण र समृद्ध जीवनका अझ धेरै आकांक्षाहरु पूरा गर्न सकिने थियो भन्ने कांग्रेसको ठहर छ ।

२.३.१ व्यापक नीतिगत सुधारको प्रारम्भ
जर्जर र संकुचित अवस्थामा रहेको पञ्चायतकालीन राज्यकेन्द्रित अर्थव्यवस्थालाई नेपाली कांग्रेसले उदार आर्थिक नीति अनुरुप प्रतिस्पर्धात्मक, आधुनिक र सामाजिक न्याय–उन्मुख गरायो । निजीक्षेत्रको भूमिका, बजार संयन्त्र र लगानीमैत्री नीति सम्मिलित यो फरक आर्थिक दर्शन साँघुरोअर्थमा निजी क्षेत्रतर्फ मात्र केन्द्रित थिएन । ठूलो संख्यामा जनता सक्रिय हुने गैरसरकारी संस्था, सहकारी, स्थानीय तह र सामुदायिक क्षेत्रलाई समेत यसले आर्थिक तथा सामाजिक विकासका गतिविधिहरुमा प्रोत्साहित ग¥यो । अर्थतन्त्रको खुलापन र प्रतिस्पर्धात्मक रुपले सम्पूर्ण क्षेत्रको साधन, स्रोत, सीप, क्षमता तथा सिर्जनात्मक शक्तिलाई समेत सदुपयोग गर्ने नीति लियो । उद्योग, व्यापार, पर्यटन, विदेशी विनिमय, बैंकिङ, पुँजी बजार, कर–राजस्व, उर्जा–जलविद्युत्, संचार, हवाइ यातायातलगायत अर्थतन्त्रका हरेक क्षेत्रमा खुला आर्थिक नीति अपनाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति प्रारम्भ भयो । यसले गर्दा अर्थतन्त्रको व्यापक विस्तार हुन सक्यो ।

कांग्रेसको सरकारको पालामा वैज्ञानिक कर प्रणाली मूल्य अभिवृद्धि कर (भ्याट) को कार्यान्वयन गरियो । आयकर ऐन तथा भन्सार ऐन र प्रशासनमा व्यापक सुधार गरियो । राजस्व क्षेत्रमा गरिएको साहसिक निर्णयका कारण सरकारको ढुकुटी बढ्यो । वि.सं. २०४८ मा करिव १२ अर्बको हाराहारीमा रहेको राजस्व असूली अहिले प्रचलित मूल्यमा करिव रु. ६०० अर्बमा पुगेको छ । यो स्रोतलाई भौतिक पूर्वाधारको विकास, सामाजिक क्षेत्र र ग्रामीण विकासतर्फ उन्मुख गराई विकास बजेटको ७० प्रतिशत रकम ग्रामीण क्षेत्रमा खर्च गर्ने नीति अपनाइयो ।

बी.पी. कोइरालाले भन्ने गर्नुभएको समाजवादी परिवर्तनको पहिलो गन्तव्य गाउँ, किसान र ग्रामीण अर्थतन्त्रमा व्यापक र तीव्र सुधार ल्याउनु नै थियो । माथिल्लो तहबाट आर्थिक विकासको प्रतिफल तल्लो तहमा स्वतः झर्दै जानेछ भन्ने पुरानो सिद्धान्तलाई त्यागी विकेन्द्रीकरण, सहभागितामूलक विधि तथा सामाजिक सुरक्षाका कार्यक्रममार्फत भौगोलिक हिसावले स्थानीय स्तरमा र वर्गीय हिसावले विकासको पहुँचबाहिर रहेका जनतासम्म विकासको प्रतिफल सीधै पु¥याउने प्रकियाको प्रारम्भ भयो ।

नेपाली कांग्रेसले प्रारम्भ गरेका यी नीतिगत परिवर्तनले आन्तरिक स्रोत–साधनको परिचालन र न्यायपूर्ण विनियोजनको दिशामा ठूलो परिवर्तन आयो । आन्तरिक स्रोत–साधन बढेपछि वैदेशिक सहायतामाथिको निर्भरता झण्डै ३५ प्रतिशतबाट घटेर अहिले १५ प्रतिशतभन्दा कममा आइपुगेको छ । आफ्नै साधन र स्रोतले अर्बौं रुपैयाँ लागतको माथिल्लो तामाकोशी जलविद्युत्, मध्यपहाडी लोकमार्ग, हुलाकीराजमार्ग, काठमाडौं–तराइ द्रुतमार्ग, सिक्टा सिंचाइ, राष्ट्रपति चुरे तराइ–मधेश संरक्षण कार्यक्रमजस्ता ठूला आयोजनाहरु सञ्चालन गर्न सक्ने भएका छौं । यी राष्ट्रिय उपलव्धिहरुलाई अव स्थानीय तहमै स्थापित र संस्थागत गराउनु नेपाली कांग्रेसका स्थानीय सरकारहरुको प्राथमिक जिम्मेवारी हुनेछ ।

२.३.२ आर्थिक सामाजिकउपलब्धिहरु
विगतमा नेपाली कांग्रेसको सरकारद्वारा आर्थिक क्षेत्रमा गरिएको सुधार, लगानीको प्राथमिकीकरण, साधन र स्रोतको अत्युत्तम प्रयोगका कारण आर्थिक–सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धिहरु हासिल हुन सके । गत २५ वर्षमा गरिवीको रेखामुनि रहेको जनसंख्या आधा घटेर अहिले २१ प्रतिशतमा आइपुगेको छ । बैंक तथा वित्तीय क्षेत्र, सहकारी, विमान सेवा, सञ्चार क्षेत्रको विकासमा अभूतपूर्व सफलता मिलेको छ । ७२,००० थान मात्र फोन भएको नेपालमा आज मुलुकको जनसंख्याभन्दा पनि धेरै, अर्थात् २ करोड ८० लाख मोबाइल फोन नेपालीको हात–हातमा छ । शुद्ध खानेपानीमा पहुँच भएको जनसंख्या ३६ प्रतिशत रहेकोमा अहिले ८४ प्रतिशत पुगेको छ । करिव७ हजार किमी मात्र सडक निर्माण भएकोमा अहिले सडक विभाग तथा स्थानीय तहको समेत हिसाव गर्दा करिव ७० हजार किमी सडक निर्माण भैसकेको छ ।

निजीक्षेत्रको ठूलो लगानीमा विश्वविद्यालय तथा विद्यालयहरु खुलेका छन् । सबै किसिमका गरी विद्यालयहरुको संख्या करिव २० हजार रहेकोमा अहिले बढेर ३८ हजार नाघेको छ । माध्यमिक शिक्षा निःशुल्क गराउने कार्यक्रम कांग्रेसले नै घोषणा गरेको हो । मधेशी, दलित, मुस्लिम, चेपाङ, हलिया, कमैया, कमलरीलाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्थाका साथै छात्रालाई विद्यालय पठाउन प्रोत्साहित गर्न दिउँसोको खाजाको व्यवस्था कांग्रेसको सरकारले नै गरेको हो । यिनै कार्यक्रम र सुविधाहरु विस्तार गरिएका कारण २०४८ सालमा ३९.६ प्रतिशत रहेको नेपाली जनताको साक्षरता प्रतिशत बढेर अहिले करिब ७० प्रतिशत पुगेको छ । १५ देखि २४ उमेर समूहमासाक्षरता झनै९० प्रतिशत पुगेको छ । हाम्रो सामाजिक जीवनलाई गहिरो प्रभाव पार्ने गरी उच्च शिक्षा तहमा छात्राको अनुपात निरन्तर बढ्दै गई छात्र–छात्राको अनुपात बराबरी भएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन देखिएको छ । निजीक्षेत्रको लगानीमा ठूला–ठूला अस्पतालहरु स्थापना भै अस्पताल शैय्या झण्डै ५ हजार पुगेका छन् । कुल स्वास्थ्य संस्थाहरुको संख्या साढे ४ हजार भन्दा बढी पुगेको छ भने ठूला अस्पतालहरुको संख्या पनि १२० भन्दा बढी पुगेको छ । सुविधा विस्तारसँगै बाल तथा मातृ मृत्युदरमा उल्लेख्य मात्रामा कमी आएको छ ।

प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा कांग्रेसको सरकारले ४ हजार वटै गाविसमा प्राथमिक स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा स्वास्थ्य केन्द्र खोल्ने नीति र कार्यक्रम प्रारम्भ गरेको थियो । निजी तथा सरकारी लगानीका मेडिकल कलेजबाट बढ्दै गएको चिकित्सक संख्या, अस्पताल सुविधा, व्यापक रुपमा विस्तारित नर्सिङ क्याम्पसबाट स्वास्थ्यकर्मीको उत्पादन र स्वास्थ्य सुविधा विस्तारका कारण नेपाली जनताको औसत आयु बढेर ५४ बर्षबाट अहिले ७१ बर्ष पुगेको छ ।

यसरी सामाजिक क्षेत्र र विपन्न जनताप्रतिको दायित्वलाई नेपाली कांग्रेसले निरन्तर निर्वाह ग¥यो । देशको पिछडिएको वर्ग र भू–भागका जनतालाईविकासको प्रतिफलमा सहभागी बनाई विकासको मूलधारमा ल्याउनेगरी कांग्रेसले २०४८ मा बनाएको आठौं आवधिक योजनामा कुल सरकारी खर्चमध्ये सबैभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरी विकासको अभियान शुरु गरिएको थियो । सम्पूर्ण सार्वजनिक खर्च प्रणालीमा पुनरावलोकन गरी सरकारको लगानी पूर्वाधार विकास र सामाजिक क्षेत्रमा केन्द्रित गरिएको थियो । सामाजिक न्यायका लागि सरकारको खर्च प्रणालीमा गरिएको यही परिवर्तनले गर्दा गाउँका गरीब किसानश्रमिक र तिनका सन्तानको शिक्षा, स्वास्थ्य सेवा, शुद्ध पिउने पानी, सरसफाइ र ग्रामीण क्षेत्रको पूर्वाधार र रोजगारीमा पहुँच पुग्न सक्यो । सामाजिक क्षेत्रको विकासमा यो एउटा ठूलो फड्को नै थियो । यो नीति र कार्यक्रमको सुरुवातलाई पछिल्ला बर्षहरुमा अन्य सरकारहरुले पनि निरन्तरता दिएकाले आज सामाजिक क्षेत्रमा ठुला उपलब्धिहरु हासिल हुँदै गएका छन् ।

२.३.३ सामाजिकसुरक्षाको कार्यक्रम
शिक्षा, स्वास्थ्य क्षेत्रका सामाजिक कार्यक्रमहरुका अतिरिक्त वृद्धवृद्धा भत्तामा वृद्धि, एकल महिला भत्ता, केटाकेटीलाई विद्यालय पठाउने महिलालाई खाजाभत्ता, पिछडिएका वर्गलाई निःशुल्क पढाइको व्यवस्था, विभिन्न घातक रोगको निःशुल्क र सहुलियतपूर्ण उपचार लगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक सुरक्षाका कार्यक्रमहरु नेपाली कांग्रेसको सरकारले कार्यान्वयनमा ल्याएको हो ।सामाजिक सुरक्षामा सबै नागरिकलाई आवद्ध गर्ने कार्यक्रम, ज्येष्ठ नागरिकहरुलाई दिइदै आएको भत्तामा दोब्बर वृद्धि, एकल महिला, अपाङ्ग, सीमान्तीकृत र पिछडिएको वर्ग, दलितलाई भत्ता तथा सुविधाको व्यवस्था, महिला साक्षरता कम भएका जिल्लाहरुमा प्राथमिक शिक्षामा प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था, कर्णालीका जनताका लागि रोजगारीको व्यवस्था जस्ता प्रोत्साहन र सामाजिक न्यायका कार्यक्रम कांग्रेस सरकारमा हुँदा ल्याइएका हुन् ।नेपाली कांग्रेसद्वारागरिबी निवारणका लागि सुरु गरिएका ग्रामीण स्वावलम्वन कार्यक्रम, लघु ऋण कार्यक्रम, ग्रामीण विकास वैंक, गरिबसंग विश्वेश्वर, महिला जागृती,गरिबी निवारण कोष रयुवा स्वरोजगार उदाहरणीय छन् । कांग्रेस सरकारको नेतृत्वमा पहिलो पटक स्थापना भएका महिला आयोग, दलित आयोग र आदिवासी जनजाती प्रतिष्ठानले अहिले नयाँ संवैधानिक आयोगको स्वरुप पाएका छन् ।

त्यसैगरी मुटु, मृगौला, सिकलसेल एनिमिया, क्यान्सर, पार्किन्सन, अल्जाइमर रोग लागेका वृद्ध तथा विपन्नलाई निःशुल्क स्वास्थ्य उपचारका लागि सरकारी सहयोगको व्यवस्था कांग्रेस नेतृत्वको सरकारले ग¥यो । मातृ स्वास्थ्यको क्षेत्रमा काम गरिरहेकाहरुको पोशाक भत्तामा वृद्धि गरियो भने सबै नगरपालिकाहरुमा १५ शैयाको अस्पताल निर्माण गर्ने घोषणा गरियो । पिछडिएका, विपन्न, दलित, लोपोन्मुख जाति र सीमान्तीकृत समुदायलाई लक्ष्यित गरी घर निर्माण गरिदिने आवास सुधार कार्यक्रमलाई थप वजेट विनियोजन समेत गरियो । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विस्तार गरिएका सुविधाहरु, शुद्ध खानेपानीको व्यवस्था, सडक सञ्चार जस्ता पूर्वाधारको विकास र सेवालाई गाउँ गाउँसम्म विस्तार गरिएकोले सामाजिक क्षेत्रमा यति ठूलो सुधार आएको हो । यही कारण यूएनडीपीको मानव विकास प्रतिवेदन २०१० मा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा चामत्कारिक रुपमा प्रगति गर्ने विश्वका थोरै चुनिएका मुलुकमा नेपाल पनि समावेश भएको छ । यी राष्ट्रिय प्रतिफलहरुलाई कांग्रेसले गाउँ–नगरका वडा–वडामा पु¥याउने संकल्प गरेको छ ।

२.३.४ किसानलाई राहत
कृषिको व्यावसायिक विकास र किसानलाई प्रत्यक्ष राहतका लागि कांग्रेस सरकारमा हुँदा थुप्रै अनुदान तथा सहुलियतहरुको घोषणा गरियो । कृषिमा प्रविधिको प्रयोग बढाउन र व्यावसायिकीकरणका लागि कृषि उपकरण, औजार, ढुवानीका सामान आदिको आयातमा अनुदानको व्यवस्था गरियो । किसानको वित्तीय आवश्यकता पूरा गर्न उनीहरुलाई ६ प्रतिशत ब्याजदरमा ऋण सुविधा तथा सहुलियत दरमा महिला उद्यमशीलता कर्जाको व्यवस्था घोषणा गरी कार्यान्वयनमा ल्याइयो । सम्पूर्ण खेतीयोग्य जमीनमा सिंचाइ सुविधाको घोषणा, बजारीकरणको व्यवस्थासहित गहुँ, मकै, धान तथा तरकारीको उत्पादन बढाउन पकेट क्षेत्र विकासको घोषणा, बाली बीमा विस्तार पछिल्लोपटक कांग्रेस सरकारमा रहँदा घोषणा गरिएका ताजा कार्यक्रमहरु हुन् । सन् १९९६ र सन् २०१४ का २० वर्षे कृषि विकास योजनाहरु दुबै कांग्रेस सरकारको नेतृत्वमा ल्याइएका हुन् ।

आदरणीय दिदीबहिनी–दाजुभाईहरु,

नेपाली कांग्रेसले अवलम्वन गरेको आर्थिक दर्शन र सुधारका कारण यी उपलब्धिहरु हासिल हुन सकेपनि त्यसपछिका सरकारद्वारा यी नीतिहरुले उत्तिकै गम्भीरताका साथ निरन्तरता पाउन सकेनन् । वि.सं २०५२ सालपछि त्रिशंकु संसद, अल्पमतको सरकार, राजनीतिक अस्थिरता, कतिपय दलबीच आर्थिक नीतिमा देखिएको अस्पष्टता र हिंसात्मक द्वन्द्वले उग्ररुप लिन थालेपछि आर्थिक वृद्धिदरले पक्डिएको गति सुस्त हुन पुग्यो । तथापि वि.सं २०४८ पछि राखिएको आर्थिक सुधारको यो मजवुत जग परिवर्तन भएन । सस्तो प्रचार र भाषणबाजी भन्दा पनि अर्थतन्त्रको दिगो र दीर्घकालीन विकासलाई प्राथमिकता दिइएकोले यसबाट कुनै पनि दल र सरकार पछि हट्न सक्ने स्थिति थिएन र आज पनि छैन । सार्वजनिक खपतका लागि जस्तोसुकै भाषणबाजी र दस्तावेजमा जेसुकै कुरा लेखिएपनि सत्तामा गएपछि ढिलोचाँडो सबै दलहरुले यस नीतिलाई नै अनुसरण गर्न बाध्य हुनु प¥यो । कांग्रेसले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाउनासाथ शुरु गरिएका नीति,कार्यक्रमहरुलाई पुनः कार्यान्वयनमा ल्याउने र गति प्रदान गर्ने काम ग¥यो । यही कारण हामी हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच पनि आर्थिक–सामाजिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएका छौं । यतिमात्र होइन, विकासका लागि कांग्रेसले विगतमा जसरी अगुवाइ ग¥यो, आगामी दिनमा पनि देशको आर्थिक विकास र जनताको समृद्धिका लागि नेपाली कांग्रेसले नै स्थानीय सरकारको नेतृत्व समेत लिनुपर्छ भन्ने धारणाजनतामा बलियो बनेको छ ।

नेपाली कांग्रेस जनताको आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न निरन्तर क्रियाशील र प्रतिवद्ध रहेको छ । सामाजिक न्याय र लोककल्याणकारी आर्थिक–सामाजिक कार्यक्रम सहितको राज्य, सामाजिक जिम्मेवारी बोध सहितको निजी क्षेत्रको उद्यमशीलता र नेतृत्व तथा सहकारी, गैर–सरकारी संस्था र सामुदायिक जनपरिचालनको ऊर्जालाई व्यापक रुपमा उपयोग गर्दै नेपाली कांग्रेसले समृद्ध र आधुनिक राष्ट्र एवं लोकतान्त्रिक समाजवादको बलियो आधार निर्माण गर्नेछ ।