देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा : अशोकदत्त


कुनै गाउँमा यमुना नीरमा कतै अशोकदत्त स्थिल थियौं, गोविन्द स्वामी नाउँले विख्यात एक श्रेष्ठ ब्राह्माण बस्दथ्यो । त्यसका दुई पुत्र थिए– अशोकदत्त र विजय दत्त ।
एक पटक तिनको गाउँमा भीषण अनिकाल पर्‍यो उसले आफूसँग भएको अर्थ गाउँलेहरूलाई बाँड्यो र आफ्नो परिवार लिएर अन्यन्त्र हिँड्यो ।

बाटोमा गोविन्द स्वामीले एक अत्यन्त तेजस्वी स्वामीलाई भेटायो । गोविन्द स्वामीले सोधेँ ‘हे त्रिकालदर्शी स्वामी मेरो भविष्य बताउनुहोस् ।’ स्वामीले भने ‘तिम्रा दुवै केटाको भविष्य मंगलमय छ । तर कान्छो छोरो तिमीसित छुट्टिन्छ । जेठो छोराको पराक्रमले गर्दा पछि भेट हुन्छ ।’ सुनेर ब्राह्मण चिन्तित भयो । धेरै दिन हिँडेपछि ब्राह्मण परिवार वाराणासी पुग्यो । नगरबाहिर चण्डिका देवीको मन्दिरमा तिनले शरण लिए । रात परेपछि एक वृक्ष मुन्तिर ती सुते । आधी रातमा कान्छो छोरो विजय दत्तलाई हनहनी ज्वरो आयो र ऊ कराउन थाल्यो । विजय दत्तले भन्यो – ‘पिताज्यू मलाई काम छुटिरहेको छ, जसरी भए पनि आगो ताप्ने प्रबन्ध मिलाउनु पर्‍यो ।’ ब्राह्मणले भन्यो ‘यति राति आगो कहाँबाट ल्याउनु ? भोलि बिहान प्रबन्ध गरुला, अहिले सुत ।’

राजाले भने– ‘यो मेरो पहिलो इनाम हो, दोस्रो इनाम बाँकी छ ।’

विजय दत्त नराम्ररी कामिरहेको थियो । उसले पितालाई भन्यो– ‘मलाई त्यो टाढा बलिरहेको आगो छेउ लानुहोस् ।’ पिताले भन्यो ‘बाबु त्यो त मसान हो क्यार, त्यस्तो डरलाग्दो ठाउँमा भूत पिसाच होलान् ।’
विजय दत्तले भन्यो– ‘म भूत पिसाचसित डराउदिन मलाई त्यहाँ लानुहोस् आगो ताप्न ।’ गोविन्द स्वामीले विजय दत्तलाई बोकेर मसानसम्म पुर्‍यायो । बाबु छोरा दुवै एउटा बल्दो चिता अघिल्तिर उभिएर चिताको आगोले शरीर सेकाउन थाले । विजय दत्त आगोको रापले स्वस्थ्य अनुभव गर्न थाल्यो । विजय दत्तले चितातर्फ देखाउँदै सोध्यो– ‘बुवा चिताभित्र त्यो डल्लो के हो ?’ गोविन्द स्वामीले भन्यो ‘त्यो मरेको मान्छेको टाउको हो ।’ विजय दत्तले उटुङ्गाई गर्ने हेतुले एउटा चिर्पट टिपेर त्यो टाउकोमा हिर्कायो ।

दाउराको चिर्पट टाउकोमा लाग्नासाथ त्यो टाउको पट्ट फुट्यो फुटेको टाउकाको चिराबाट त्यसभित्र रहेको फोसो पग्लिएर त्यसबाट फोहोरा जस्तै माथि माथिसम्म निस्कन थाल्यो । फोसोको धाराबाट निस्केका छिटाहरू विजय दत्तको मुखमा पर्‍यो । भोकाएको विजय दत्त दाउराको चोयोले चिताबाट टाउको झिकेर त्यो टाउको चाट्न थाल्यो । टाउको चाटेपछि विजय दत्त एकाएक उग्र भएर आयो । ऊ गोविन्द स्वामीलाई झम्टिन थाल्यो । यस बखतसम्ममा विजय दत्तले विकराल रूप धारण गरेको थियो । स्वयं उसको पिता पनि उसको स्वरूप देखेर डराएको थियो । ऊ पुत्रबाट आफ्नो प्राणको रक्षा गर्न त्यहाँबाट भाग्यो । त्यत्तिकैमा इस्मसानबाट आवाज आयो के कपाल स्पोट आफ्ना पितालाई नमार विजय दत्त राक्षस बनिसकेको थियो । त्यो स्वर सुनेर विजय दत्त आवाज भएकै दिशातर्फ कुद्यो गोविन्द स्वामी रुँदै विलाप गर्दै आफ्नो बासतिर फर्के ।

बिहान भइसकेको थियो । उसले आफ्नी स्वास्नी र जेठो छोरो अशोकदत्तलाई रुँदै आफ्नो कथा सुनायो । सुनेर सारा रुन थाले त्यसै बखर वाराणासीको प्रसिद्ध साहु त्यहाँ आइपुगे र उसले सोध्यो– के भयो ?’ त्यस समुद्र दत्त नामक व्यापारीलाई सम्पूर्ण कथा गोविन्द स्वामीले सुनाएपछि उनीहरूलाई सान्त्वना दिँदै सबैलाई आफ्नो घर लिएर गयो । र, त्यही उनको स्नान–भोजनको व्यवस्था गर्‍यो, बास पनि दियो । त्यस समयदेखि गोविन्द स्वामी समुन्द्र दत्तकै घरमा बस्न थाल्यो, स–परिवार । अशोकदत्त पनि विद्या अध्ययन गर्न थाल्यो । उसको रुचि कुस्ती खेल्नमा पनि थियो । समय बित्दै गयो । अब अशोकदत्त युवक भइसकेको थियो । कुस्तीमा उसलाई पराजित गर्ने धर्तीमा कोही थिएन । उसले त्यति योग्यता हासिल गरेको थियो ।

एक पटक वाराणासीमा जात्राको आयोजना हुँदा कुस्ती प्रतियोगिता पनि हुने भयो । धेरै ठाउँबाट पहलमानहरू आए । वाराणासीका राजा त्यसबखत प्रताप मुकुन्द थिए । कुस्तीको आयोजना उनकै सर्तअनुसार गरिएको थियो । एक जना दक्षिणतिरबाट आएको एक पहलमानले राजाका सारा पहलमानहरूलाई पछारिदियो । राजा चिन्तित भए, आफूले यस्तै समयका लागि पालेर राखेका पहलमान एकपछि एक हार्दै गए । त्यत्तिकै एक दरबारियालाई राजाले भने– ‘हे महाराज ! हाम्रा वाराणासीमा एक जना अशोकदत्त भन्ने मल्ल बस्दछ, त्यो अत्यन्त प्रतिभाशाली छ, मल्ल युद्धमा । त्यसलाई बोलाउने हो कि ? अरू त हाम्रा सबै पहलमान हारिसके ?’ राजाले अशोकदत्तलाई निम्तो दिने आदेश दिए । अशोकदत्त आएपछि राजाको आज्ञाअनुसार अखडामा पस्यो ।

दक्षिणी पहलमान पनि जितेको मग्नमा तिग्रा ठटाउँदै आयो । पहिलो दाउमा नै अशोकदत्तले त्यो पहलमानलाई उत्तानो पारेर पछार्‍यो विजेता पहलमान अशोकदत्तसँग सहजै हार्‍यो चारैतिर अशोकदत्तको प्रशंसा भयो । आफ्नो पहलमानले अजय भएको दक्षिणी पहलमानलाई क्षणभरिमै पछारिदिँदा राजाको प्रसन्नताको सीमै रहेन ।

दक्षिणी पहलमान पनि जितेको मग्नमा तिग्रा ठटाउँदै आयो । पहिलो दाउमा नै अशोकदत्तले त्यो पहलमानलाई उत्तानो पारेर पछार्‍यो विजेता पहलमान अशोकदत्तसँग सहजै हार्‍यो चारैतिर अशोकदत्तको प्रशंसा भयो । आफ्नो पहलमानले अजय भएको दक्षिणी पहलमानलाई क्षणभरिमै पछारिदिँदा राजाको प्रसन्नताको सीमै रहेन । उसको पराक्रम देखेर राजा अत्यन्त प्रभावित भए । उनले अशोकदत्तलाई बोलाएर भने– ‘अशोकदत्त तिमीले आज हामी सबैको शिर ठाडो पारिदियौं क्या बात ! म तिम्रो मल्ल कला देखेर चकित भएको छु हाम्रो राज्यमा यस्ता मल्लहरू पनि रहेछन् । जसको तुलना यस धर्तीमा कसैसित पनि गर्न सकिँदैन ।’ अशोकदत्तले बिन्ती गर्दै भन्यो– ‘महाराज मैले आफ्नो रुचिअनुसार मल्ल विद्याको अभ्यास गरेको हुँ आज यी सारा नागरिक र हजुरको प्रशंसा पाएर म धन्य भएको छु मलाई लागिरहेको छ । मेरो विद्या आज साँच्चिकै सफल भयो ।’

राजाले भने– ‘अशोकदत्त म तिमीलाई इनाम दिन अत्यन्तै इच्छुक छु ।’ अशोकदत्तले भन्यो– ‘महाराज वाराणासी नगरका तर्फबाट यसका लागि इनाम घोषित गरिएको थियो । त्यो पनि हजुरकै कृपा हो मलाई अरू के चाहियो ?’
‘त्यसो नभन अशोकदत्त तिम्रो योग्यता प्रसन्नता र पारित्योषिक भन्दामाथि तिम्रो विजय वाराणासीका सारा प्रजाको विजय हो । म आफू पनि मल्ल युद्धमा रुचि हुनाले यसलाई आफ्नै विजय मान्दछु । मेरो हर्षको सीमा छैन । तिमीले पाउने अन्य इनाम त तिमीले पाउने नै छौं । यो तिम्रो योग्यताको सम्मानका लागि मेरो व्यक्तिगत इनाम तिमीलाई प्रधान गर्दछु ।’ त्यति भनेर राजाले अनुचरहरूलाई संकेत गरे । अनुचरले रत्न, मणि, माणिक्केले भरिएको बोरा ल्याएर अशोकदत्तका सामु राखिदिए ।

राजाले भने– ‘यो मेरो पहिलो इनाम हो, दोस्रो इनाम बाँकी छ ।’ सारा प्रजा उत्सुक भए दोस्रो इनाम के होला ? स्वयं अशोकदत्तले पनि जिज्ञासा प्रकट गर्‍यो– राजन ! यतिका इनाम पाएपछि अब दोस्रो इनाम किन पो चाहियो ?’ राजाले– ‘दोस्रो इनाम यो हो कि, आजदेखि म तिमीलाई आफ्नो अंगरक्षक नियुक्त गर्दछु । त्यसपछि अशोकदत्त सम्पन्न भयो । राजा पनि उसित प्रसन्न हुनाले उसलाई सुख र सुविधाको कुनै कमी भएन ।