देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलको उपाधि गुजरातको पोल्टामा

देशान्तर

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि गुजरात टाइटन्सले जितेको छ।

यसै सिजन आईपीएलमा डेब्यु गरेको  हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले उपाधि नै जित्न सफल भयो। शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको गुजरातले राजस्थानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

दोस्रो प्लेअफ खेलेर आएको राजस्थान फाइनलमा ७ विकेटले पराजित हुँदै दोस्रो पटक उपाधि जित्न असफल रह्यो। पहिलो संस्करणको उपाधि जितेको राजस्थान त्यसपछि कहिल्यै फाइनलमा पुगेको थिएन।

तर यस पटक रोयल च्यालेन्जर्स बैंग्लोरलाई दोस्रो प्लेअफमा पराजित गर्दै फाइनलमा स्थान बनाए पनि फेरि एक पटक राजस्थानसँग स्तव्ध हुँदै उपाधि विहीन बन्न पुग्यो।

राजस्थानले दिएको सामान्य १३१ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा ३  विकेट गुमाएर पूरा गर्दै ७ विकेटको जित दर्ता गर्न सफल भयो। गुजरातको सुरुवात भने राम्रो रहेन।

ऋद्धिमान साह व्यक्तिगत ५ रन बनाएर पभेलियन फर्किदा गुजरातले पहिलो विकेट गुमाएको थियो। त्यतिबेला गुजरातले १.४ ओभरमा ९ रन मात्रै बनाएको थियो। २३ रन बनेका बेला गुजरातले दोस्रो विकेट गुमाउन पुग्यो। म्याथ्यु वेड ८ रन बनाएर पभेलियन फर्किएका थिए।

त्यसपछि हार्दिक पाण्ड्या र सुभमन गिलले गुजरातको पारि अघि बढाएका थिए। ८६ रन पुगेका बेला युजवेन्द्र चहलले हार्दिकको विकेट लिए। हार्दिक ३४ रन बनाएर पभेलियन फर्किए। हार्दिकको विकेट लिएपछि चहलले आईपीएलको पर्पल क्याप पनि पक्का गरेका छन्।

गिल र डेभिड मिलर मिलेर गुजरातलाई आईपीएल उपाधि दिलाए। अन्तिम चार ओभरमा २२ रन आवश्यक रहेका बेला गुजरातहको हातमा ७ विकेट रहेको थियो। १७ ओभर सकिँदा गुजरातले ३ विकेट गुमाएर १२२ रन बनाएको थियो। १८ बलमा ९ रन आवश्यकताको सहज अवस्थामा पुगेको थियो।

गिल ४५  रनमा नटआउट रहँदा मिलरले पनि ३४ रनको नटआउट पारि खेले। १८.१ ओभरमा छक्का प्रहार गर्दै गिलले गुजरातको जित पक्का गरे। राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजवेन्द्र चहलले एक एक विकेट लिए। टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो।

फाइनलमा राजस्थानले गुजरातविरुद्ध राम्रो सुरुवात भने गर्न सकेन। पहिलो विकेटका लाग ३० रनको साझेदारी भएको थियो। यशश्वी जयसवाल र जोस  बटलरले ओपनिङ गरेका थिए। २२ रन बनाएर जयसवाल पभेलियन फर्किएपछि राजस्थानले पहिलो विकेट गुमाएको थियो।

त्यसपछि कप्तान सन्जु सामसन र बटलरले पारि अघि बढाएका थिए। ८.२ ओभरमा ६० रन बनेका बेला कप्तान सामसन पभेलियन फर्किएपछि दोस्रो विकेट पतन भएको थियो। सामसन व्यक्तिग १४ रन बनाएर आउट भएका थिए। त्यसपछि क्रिजमा आएका देवदत्त पड्किल भने धेरै बेर टिक्नै सकेनन्। व्यक्तिगत २ रन जोडेर पड्किल आउट हुँदा राजस्थानले ११.५ ओभरमा ३ विकेट गुमाएर ७९ रन बनाएको थियो।

१२.१ ओभरमा ७९ रन नै भएका बेला सेट भएका ब्याटर बटलर पभेलियन फर्किएपछि राजस्थानले चौथो विकेट गुमाउन पुग्यो। बटलर व्यक्तिगत ३९ रन बनाएर आउट भएका थिए। सिमरन हटमायर ११ रन बनाएर आउट हुँदा पाँचौं विकेट गुमाएको थियो। अर्को ओभरमा रविचन्द्र आश्विन हार्ड हिट गर्ने चक्करमा आउट भएपछि राजस्थानको छैटौं विकेट पतन भएको थियो। आश्विन ६ रन बनाएर आउट हुँदा राजस्थानले १५.५ ओभरमा ६ विकेट गुमाएर ९८ रन बनाएको थियो। १७.३ ओभरमा राजस्थानले सातौं विकेट गुमाउन पुग्यो। ट्रेन्ट बोल्ट आउट हुन पुगे।

११ रन बनाएर आउट भएका थिए। त्यसपछि रियान पराग र ओवेड म्याकवेले पारि अघि बढाएका थिए। म्याकवे १९.४ ओभरमा रन आउट हुँदा राजस्थानले १३० रन बनाएको थियो। म्याकवे ८ रन बनाएर पभेलियन फर्र्किएका थिए। लगत्तै पाचौं बल डट राखेका मोहम्मद सामीले अन्तिम बलमा रियान परागलाई बोल्ड आउट गरे।

सामीले सिजनको पहिलो र अन्तिम बलमा विकेट लिन पनि सफल भए।  रियान पराग १५ रनमा आउट भएका हुन्।
गुजरातका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिँदा रवि श्रीनिवासनले २ विकेट हात पारे।