देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिलवाललाई थुनामुक्त गरी आजै अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गरेर आजै यथाशिघ्र अदालतमा हाजिर गराउन आदेश दिएको छ।

सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उक्त आदेश गरेको हो।

उनलाई सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेशमा भनिएको छ। सोमबार दिउँसो सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका थिए।

उनको रिटमा सिलवाललाई पक्राउ नगर्न आदेश माग गरिएको थियो। यसअघि छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लगिएको थियो। केही प्रहरी आएर सिलवाल बसेको ठाउँबाट उनलाई लिएर गएका थिए।