देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’

देशान्तर

सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र पिआर परित्याग गरेका छन् ।

प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि नै पिआर त्यागेका हुन । शेर्पाले भने “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर त्यागेको हुँ ।”

छ वर्षअघि पिआर प्राप्त गरेका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आएका थिए । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष बनेका शेर्पाको सोलु दूधकुन्ड नगरपालिकाको उम्मेदवारी भने सर्वसम्मत हुनसकेन । आकाङ्क्षी बढी भएका कारण एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सात जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारका लागि जिल्लाका थुप्रै शिक्षकले पनि राजिनामा दिन थालेका छन् ।