देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ईपीएल क्यानविरुद्ध सर्वाेच्च पुग्याे

देशान्तर

एभरेष्ट प्रिमियर लिग (ईपीएल) र यसका ६ वटा फ्रेन्चाइजी टीमले नेपाल क्रिकेट संघ (क्यान)को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

ईपीएल र ६ टीमले बिहीबार विज्ञप्ति जारी गर्दै जारी लिगहरूलाई राष्ट्रिय लिगको मान्यता दिन नसकिने निर्णयविरुद्ध रिट दायर गरेको हो ।

साथै, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौतामा धेरै प्रश्नहरू खडा भएको तथा क्यान र सो कम्पनीबीचको सम्झौता नेपालको कानून विपरीत भएको रिटमा उल्लेख छ ।

नेपाली क्रिकेट क्षेत्र ईपीएलले आफ्नो चारवटा लिग गरिसकेको छ भने पाँचौं लिगको तयारीमा छ । क्यानले भने नेपालमा एउटै मात्र राष्ट्रिय लिग ‘नेपाल टी–२०’ हुने निर्णय गरिसकेको छ ।

बाँकी लिगहरूले आफूलाई क्षेत्रीय लिगमा रुपान्तरण गरेर आएमा मान्यता दिन सकिने पनि क्यानले जनाएको छ ।