देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेब्यु सिजनमै गुजरात आईपीएलको फाइनलमा


इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को डेव्यु सिजनमै गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।

बीसीसीआईले यसै सिजन २ नयाँ टिम थप गर्दा गुजरात टाइटन्स थपिएको थियो । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

गुजरातलाई जित दिलाउन शुभमन गिलले ३५ रन बनाउँदा म्याथ्यू वेडले पनि ३५ रनको योगदान गरे । यसैगरी डेभिड मिलर कप्तान हार्दिक पाण्ड्याले नटआउट पारि खेले । मिलरले ३८ बलमा ६८ रनको पारि खेल्दा हार्दिकले २७ बलमा ४० रन योगदान गरे ।

अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक परेका बेला डेभिड मिलरले लगातार ३ छक्का प्रहार गर्दै फाइनलमा स्थान पक्का गराए । ट्रेन्ट बोल्ट, ओवेड मेक्वेले एक एक विकेट लिए ।

प्हिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । जोस बटलरले ८९ रनको योगदान गर्दा सन्जु सामसनले ४७ रन बनाए । देवदत्त पडिकलले २८ रन बनाए । मोहम्मद सामी, यस दयाल, रवि श्रीनिवासन र हार्दिक पाण्ड्याले एक एक विकेट लिए । पराजित भएको राजस्थानलाई फाइनल पुग्न भने अर्को मौका रहेको छ ।

राजस्थानले आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुने एलिमिनेटर विजेतासँग खेल्दै फाइनलमा स्थान बनाउने मौका रहने छ ।