देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव : केही अन्य पक्ष


स्थानीय तहको निर्वाचन, अझै केही दिन चल्ने देखिन्छ । केहीको परिणाम आइसक्यो । विजय जुलुस निक्लिरहेका छन् । पराजित हुनेहरू खिन्न पनि होलान् । मबाट कहाँ चुक भयो, केही प्रतिनिधि यो हिसाब पनि लगाइरहेका होलान् । ती फेरि, आगामी दिनका लागि जनतामा कसरी जाने ? लोकप्रियता कसरी हासिल गर्ने सोचविचार, सरसल्लाह पनि गर्दै होलान् । जित्ने जत्तिकै हार्नेलाई पनि थकाइ त उत्तिकै लागेको होला । त्यसकारण पूरा परिणाम नआउञ्जेल, थकाइ मार्दै पनि होलान् । सिद्धान्तमा त यस्तै हो, चुनावमा जितहार त स्वाभाविकै हुन्छ भन्छन् । तर, जित्नेको उत्साह र हार्नेको पीडा तौल्यो भने कुन गह्रौं होला ? यसको अनुमान आजसम्म कसैले गरेको देखिन्न । आवश्यकता पनि किन पर्‍यो ? तर हो चुनावको जित हारमा खर्चवर्चको पनि हात हुन्छ भन्छन् । केही खर्च गर्ने अक्षताका कारण हार्‍यो कि भनेर कसले भन्न सक्छ ? स्वयं सहभागी पनि भन्दैनन् । किनभने आचारसंहिताको पनि कुरा छ । तर चुनावी आचारसंहिता कति पालना भएको छ, यो कसैले भन्दैन । हार्नेले जित्नेलाई भन्न सक्छ तर त्यो प्रामाणिक मान्ने कसले र किन ?

तर चुनावको मौसममा मौसमी हावा धेरै चल्छ । त्यही हावाले धेरै कुरा सुनाइदिन्छ । चुनावको मौसममा, अक्सिजन मात्र होइन विभिन्न खबर पनि बग्दछन् । मिडिया त ठोस हो, हावाले समेत हावा ‘डटकमको खबर पत्याउने– नपत्याउने सम्पूर्ण जिम्मा भने स्रोतामात्रमा निहीत छ । त्यसो त अचेल हरिपरियो सानदेखि हामीहरूको मागसम्म हुनसम्म महत्व भएको छ । छेपारी महोदयहरू हरियोबाट हीरा कुँरीबाट कुरा (रेशमको) उमार्नमा व्यस्ततम् र सफलतम् देखिन्छन् वा सुनिन्छन् । ‘हावा डटकम’को खबर हो म भन्न सक्दिनँ । हो महँगी अकासिएको नभनूँ, कम होला । आकाश छेड्नेगरी उभिएको छ, यो भनूँ र यो भने शतप्रतिशत सत्य हो । महँगीमा आचारसंहिता लागेको छैन । अनुगमन हुन्छ यदाकदा तर, चुनावको बेलामा त आई अनुगमन हुन्न भोटमा असर पर्छ । त ठीक छ, वीर भोग्या बसुन्धरा भन्छन्, त्यही लयमा भन्नु आम भोग्य ‘महंगीङ्गरा’को अर्थ खोज्ने कष्ट नगर्नु होला, ‘डिक्शनरीमा पनि षड्यन्त्र । के यो पर्याप्त छैन । यहाँ पनि महँगी छ र हामीको भोग गरिरहेका छौं ?

सुनिन्छ, एक पदका लागि कसैले पाँच करोड कसैलाई दियो रे । यो रकम हामीले कहिल्यै देखेका छैनौं । हामी माने हामीजस्ताहरूले सुनेका छौं करोडौं पटक, हाम्रो त यसैले पनि पेट भरिएको छ ।
बजेट बोल्दा अनुदानहरू स्वीकार गर्दा अरब खरबसम्म पनि सुनिन्छ । कत्रो कुरो हो र ? त्यसकारण म कुनै यस्तो मन्त्रको खोजीमा छु, जुन जानेपछि कर्ण पुकारबाटै पेट भरिन्छ । त्यस्तो जादु आयो भने नेताको भाषण सुनेर पनि पेट भरिन्छ । तृप्त होइन्छ । सुनेरै पनि पेट भर्ने भए त यस्तो पनि सुनियो । एक चुनावी वीरले दिनको दस लाख खर्च पु¥याए । दस दिनलाई एक करोड । प्रचारका लागि हिँड्नेलाई हजार जहाज, हेलिकोप्टर र पकेट खर्च पच्चीस हजार रे । त भाइ, मान्छे न यो मौसममा त्यसै पनि धनी हुन्छ । म त सुनेरै धनी अनुभव गर्न थालेको छु । जाने चाहना भने छैन । किनभने हामीलाई कसैले भिसा पासपोर्ट दिँदै इनुट भ्यारिल्ड’ को छाप लाग्छ । चाहना यसकारण पनि छैन, तपाईं पनि चाहना नराख्नु कि यो खबर उही ‘हावा डटकम’ले ल्याएको हो ।

जर्ज वर्नार्ड शाले क्रिकेटलाई एक पटक भनेका थिए, ‘यो त्यो खेल हो जसलाई एघार जना मुर्ख खोल्दछन् र एघार हजार मूर्ख बसेर हेर्दछन् ।’ यो कुरा असत्य हो तर, बनार्डशाले भनेको हुनाले कोर्ट गर्नु आवश्यक लाग्यो । मैले भन्ने कुरा अर्कै छ । बर्नार्ड शाले हाम्रो चुनाव देखेको भए के भन्थे होलान् ? यस्तो भन्दैन थिए, केही नयाँ बोल्थे होलान् । हुन न उनले ‘द पार्टी सिस्टम’ भन्ने निबन्धमा पार्टी सिस्टमको यति आलोचना गरेका छन् कि त्यो अन्तप्राय हुन दुर्लभ छ । त्यसै अन्तर्गत पर्ने हो हाम्रो चुनाव पनि । हाम्रो चुनाव शाहले देखेका भए झन् के भन्थे होलान् । भन्थेकि अग्निदेखि बनेर जे भन्न सकिन्छ । त्यही भन्दा हुन् । हामी भन्दैनौं किनभने हामी बल्ल यस सिस्टममा पुन प्रवेश गरेका छौं । अहिलेसम्मको श्रेष्ठ व्यवस्था हामीकहाँ आएको छ । सबै नेता भन्छन्, यसका कमी–कमजोरी पनि अन्यभन्दा उत्कृष्ट छन् । हाम्रा गुरुले भने । तपाईं चिन्नुहुन्छ “त्यसैले होला बाबु उत्कृष्ट कुरा जन्मिनासाथ देखिएको छ, अरु भोलि पर्सि देखिएला । तर चुनावबारे यस्तो उस्तो कदापि न बोल है । नेताहरूलाई लाग्ला नलाग्ला हामीलाई आचारसंहिता तत्काल लागिहाल्छ, कडाइसाथ ।

भन्दछन्, एक जमानामा, गणेशमानजीले लौरो उठाइदिए पनि उठ्छ । गणेशमानले त लौरो उठाएर हातमै राखें । अब बालेन साहले लौरो चुनाव चिह्न पाएका छन् । यसलाई के भन्ने ? संयोग ? कहीँ यी चमत्कारमा त्यो संयोग पनि मिसिएको छ कि छैन होला ?

केही मानिस पञ्चायतकालको एक उम्मेदवार नानीमैयाँ दाहाललाई सम्झिरहेका थिए । उनको जित त त्यस्तै अप्रत्याशित थियो । उनको चुनाव–चिह्न घडी थियो, त सब घडीकै टिकटिक लिएर हिँडिरहेका थिए । मत–पत्र गन्दा नानीमैयाँ दाहालको जित देख्दा सब चकित भएका थिए । विश्लेषणकहरूले त्यसलाई निगेटिभ भोट’ भने । अहिले के भन्छन् विज्ञहरू ।

त्यस बखत त ‘अटो रुल’ थियो । मानिस आक्रोशित थिए व्यवस्थाप्रति । अब निगेटिभ भोट’ केका विरुद्ध ? काठमाडौंका वातावरणविज्ञ ? यसबारे गुरुको विचार गम्भीर थियो, बाबुको ग्लोबल वार्मिङको जमानामा जहाँ पनि जे पनि अप्रत्याशित सम्भावित छ । त्यसकारण बालेन्द्र साहले कांग्रेस कम्युनिस्टको समेत केही भोट पाएका छन् भने त्यो जित ग्लोबल वार्मिङको जसका निम्ति बालेन चुनावमा अप्रत्याशित पनि हुन्छ । अब हेर्नुस् अब हेर्नुस्, बालेन्द्र साहलाई । साँच्ची भन्ने हो भने, कतिले भने, मैले त उनको नाउँ नै थाहा पाएको थिइनँ यसअघि । अहिले काठमाडौंको मेयरमा सुरुदेखि अग्रता लिएका साह कुनै बेला पनि पछि परेनन् । अब त झन्झन् उनको मतको अन्तर फराकिलो बन्दैछ ।

एकजना कांग्रेसकै कार्यकर्ताले भने, म कांग्रेसी हुँ । तर मैले पहिलो भोट बालेनलाई दिएँ, अरु कांग्रेसलाई यस्ता अहं पनि होलान्, तब त यति फराकिलो अन्तर । भन्न त भनिन्छ, अझै भन्न सकिन्न, कति ठाउँ खुल्नै बाँकी छ । त्यो भनेको पनि धेरै समय बितिसक्यो, उनी अगाडि नै छन् । बालेन्द्र ¥याप कलाकार हुन् रे । मैले एक पटक सुनेको त छु कि । पछि चमत्कार भएपछि । नयाँ भोटरहरूले दिए भन्छन् । पुरानाले पनि दिएजस्तो छ । यस्तो पनि सुनियो, कति छोराछोरीले आमाबाबुलाई किरिया ख्वाएर पठाए, बालेनलाई भोट दिन । यस्तो भएपछि त के चाहियो ? जेसुकै होस् यो अप्रत्याशित नै मानिएको छ । अप्रत्याशित नै भए पनि बालेनको लोकप्रियता त देखियो नै यो रोचक हुन्छ । वालेन भोलि काठमाडौंमा मेयर बने भने त्यसलाई लोकप्रियताकै चमत्कार भन्नुपर्दछ ।