काठमाडौं – पाहुना टोली युगान्डाविरुद्धको तेस्रो टी– ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । युगान्डाले सुरुआतमा बलिङ गर्नेछ ।
नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ ।पाँच खेलको सिरिजमा युगान्डा २–० ले अघि रहेको छ ।पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो । त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको बिकल्प छैन ।यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।
प्रतिक्रिया