देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल युगान्डा दोस्रो खेल खेल्दै, शृंखला बराबर गर्ने मौका

देशान्तर

पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज(मंगलबार ) खेल्दैछ ।

कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो ।

सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो ।

युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो  । दोस्रो खेलमा भने कप्तान रुबिना  र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।

पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगान्डाबीचको शृंखला पाँच खेलको हुनेछ ।

नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृंखला हो ।